Mar 30, 2023
बुटवल । चर्चित गायिका मेलिमा राई र गायक इआर.देव कुमार तामांगको स्वरमा रहेको नयाँ गीत ‘ तिमि पहरा’ बोलको म्युजिक भिडियो ओएसआर युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।
भिडियो ७ मिनेट ४३सेकेन्डको रहेको छ भने उक्त गीत माया प्रेम, बिछोडलाई देखाएको छ । भिडियोमा नम्रता श्रेष्ठ र कुन्संग तामांगले अभिनय गरेका छन् । टेक तामांगको शब्द रहेको गीतमा कन्कैस्त राईले संगीत भएरेका छन् ।
भिडियोलाई साहस शाक्यले एरेन्ज गरेका छन् भने बुद्ध थापाद्वारा छायांकन भएको भिडियोलाई बिकाश धमलाले सम्पादन गरेका हुन् । उक्त भिडियोलाई निकेश खड्काले निर्देशन गरेका छन् ।
प्रतिकृया दिनुहोस्