ताजा अपडेट »

ह्वाइट हाउसमा ट्रम्प र रामाफोसाबिच चर्काचर्की

विहीबार, ०८ जेठ २०८२, १३ : ०८
42 Shares
विहीबार, ०८ जेठ २०८२
42 Shares

वासिङ्टन डीसी । केही समयअघि ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीसँग झगडै गरेका थिए । ट्रम्पले एक पटक फेरि यस्तै रवैया देखाएका छन् ।

ट्रम्पले बुधवार ह्वाइट हाउसमा दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसासँग भेटवार्ता गरेका  थिए । यसक्रममा ट्रम्पले दुई देशहरू बिचको विवादको सबैभन्दा जटिल मुद्दा, गोरा किसानहरूको मृत्युको बारेमा बहस गरे । 
उनले दक्षिण अफ्रिकी राष्ट्रपतिमाथि गोरा किसानहरूको नरसंहारको आरोप लगाए । यो आरोप निराधार भएको भन्दै रामाफोसाले ट्रम्पको कुरा काटे । आफ्नो देशमा गोरा मानिसहरूलाई निशाना नै नबनाएको होइन तर आफ्नो देशमा हत्या दर निकै धेरै रहेको अनि गोराहरू भन्दा कालाहरू बढी पीडित भएको उनले बताए । 
ट्रम्पले देखाए नरसंहारको प्रमाण
कुराकानीको क्रममा ट्रम्पले गोरा मानिसहरूको नरसंहारको प्रमाण देखाउने दाबी गरिएको भिडियो चलाएका थिए । भिडियो चलिरहेको बेला रामाफोसा भावविहीन भएर बसे । भिडियोमा हजारौँ गोरा किसानहरूको चिहान देखाइएको ट्रम्पले भनेका थिए । यस्तो दृश्य पहिले कहिल्यै नदेखेको रामाफोसाले बताए । 
दक्षिण अफ्रिकाले गोरा किसानहरूको जग्गा कब्जा गरेको र घृणित बयानबाजी अनि सरकारी कारबाहीमार्फत गोरा जग्गाधनीहरू विरुद्ध हिंसालाई प्रोत्साहन गरेको आरोप पनि ट्रम्पले लगाए । ट्रम्पले दक्षिण अफ्रिकालाई यस्तो खालको आरोप लगाएको यो पहिलो पटक भने होइन । यसअघि पनि ट्रम्पले दक्षिण अफ्रिकामा अल्पसङ्ख्यक गोरा जनसङ्ख्यालाई निशाना बनाइएको आरोप लगाएका थिए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।