ताजा अपडेट »

न्यायाधीश सुवेदी र ढकालको इजलासमा रवि र छविका निवेदन मात्र, आजै आदेश आउने

विहीबार, ०८ जेठ २०८२, ११ : ०२
84 Shares
विहीबार, ०८ जेठ २०८२
84 Shares

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीका निवेदन मात्र परेका छन् । 

सातौँपटकसम्म ‘हेर्न नमिल्ने’मा परेर गत मंगलबारदेखि सुनुवाइ भएको उक्त मुद्दामा मंगलबार बहस नसकिएपछि ‘हेर्दाहेर्दै’मा राखिएको थियो । बुधबार संवैधानिक इजलासका कारण रविको मुद्दा आजका लागि पेसी तोकिएको थियो । 

रविको बन्दी प्रत्यक्षीकरणसहित रवि र छविका ७३ नम्बर निवेदनमा आजै आदेश हुने अपेक्षमा रहेको रविका वकिलहरूको भनाइ छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।