ताजा अपडेट »

सगरमाथा आरोहण गरेका प्रहरीको पदोन्नति

विहीबार, ०८ जेठ २०८२, ११ : ३१
28 Shares
विहीबार, ०८ जेठ २०८२
28 Shares

काठमाडौँ, । विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका नेपाल प्रहरी र सशस्त्र प्रहरीका सहायक निरीक्षकद्वयको पदोन्नति भएको छ ।

दुवैै प्रहरी सङ्गठनका प्रमुखले उनीहरूलाई नायब निरीक्षकमा पदोन्नति गरेका हुन् । सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता कालीदास धौवाजीले सशस्त्र प्रहरी सहायक निरीक्षक दन्तबहादुर छत्याललाई सशस्त्र प्रहरी नायव निरीक्षकमा विशेष बढुवा गरिएको जानकारी दिए । 

यसैगरी, नेपाल प्रहरीका प्रवक्ता रमेश थापाले प्रहरी सहायक निरीक्षक कुञ्जाङ छोपेल शेर्पालाई पनि एक तह विशेष बढुवा गरिएको बताए ।  छत्याल र शेर्पाले हालै सगरमाथाको आरोहण गरेका हुन् ।  

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।