काठमाडौँ । वर्तमान व्यवस्था विरोधी समूह ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले तय गरेको तीन दिने जनजागरण अभियान एकाएक स्थगित गरिएको छ ।
बिहीबारदेखि सुरु गर्ने भनिएको धार्मिक तथा जनजागरण अभियान बुधबार एक सूचनामार्फत स्थगित भएको जानकारी गराइएको हो ।
जेठ ११ गतेसम्म हुने भनिएको अभियान काठमाडौँ उपत्यकाकाको काँठ क्षेत्रमा हुने भनिएको थियो ।
तर बुधबार संयोजक नवराज सुवेदीले जारी गरेको सूचनामा भनिएको छ, ‘जेठ ८ देखि ११ गतेसम्मलाई काठमाडौँ उपत्यकामा तय भएको धार्मिक तथा जनजागरण अभियान विशेष कारणवश स्थगित गरिएको छ । य
स सम्बन्धमा अर्को सूचना हुनेछ ।’आन्दोलन समिति मातहतको निर्देशक समितिकी सदस्य अस्मिता भण्डारीले जेठ १५ देखि हुने आन्दोलनको आन्तरिक तयारी गर्नुपर्ने भएकाले पूर्वनिर्धारित अभियान स्थगन गरिएको बताइन् ।
राजसंस्था पुनर्स्थापना गर्ने भन्दै राजावादी समूहले जेठ १५ देखि अनिश्चितकालीन आन्दोलनको यसअघि नै घोषणा गरिसकेका छन् । उक्त आन्दोलनमा राजावादी प्रमुख पार्टी राप्रपाको समेत साथ छ ।
प्रतिक्रिया