ताजा अपडेट »

रवि लामिछानेको रिट निवेदन हेर्दाहेर्दैमा

विहीबार, ०८ जेठ २०८२, १७ : ४९
38 Shares
विहीबार, ०८ जेठ २०८२
38 Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट निवेदन र पूर्वडीआईजी छविलाल जोशीको रिट आज पनि हेर्दाहेर्दैमा राखिएको छ ।  \

न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा लामिछानेको रिट निवेदन र जोशीको रिटमाथि मङ्गलवारदेखि सुनुवाइ जारी छ ।

बुधबार न्यायाधीश सुवेदीको संवैधानिक इजलासमा परेकाले इजलास बस्न नसकी सुनुवाइ रोकिएको थियो ।  आज रविका तर्फबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले बहस गरेपछि पूर्वडीआईजी जोशीका कानुन व्यवसायीले बहस गरेका थिए ।
त्यसपछि सरकारी वकिलले बहस गरिरहेका छन् । बिहीबार सरकारका गोविन्द खनाल, लोकराज पराजुली लगायतले बहस गरेका छन् । भोलि सरकारी वकिलको बहस सकिएपछि पीडितका तर्फबाट कानुन व्यवसायीले बहस गर्नेछन् । त्यसपछि जवाफी बहस सुरु हुनेछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।