बुटवल । भैरहवाको दिव्यम स्विटस् एण्ड स्न्याक्स प्रा.लि. ले हरियो स्टीकर (टु स्टार) प्राप्त गर्दै उत्तममा पर्न सफल भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाबाट गरिएको अनुगमन गर्दा दिव्यम स्वीटस् एण्ड स्न्याक्स प्रा.लि.को सेवाको गुणस्तरीय बि ग्रेडको रहेको हुँदा हरियो स्टिकर पाएको हो ।
नेपाल सरकारको ५० वटा विभिन्न बुदाहरुलाई आधार बनाएर कार्यालयबाट गरिएको अनुगमनमा दिव्यम स्विटस् एण्ड स्न्याक्सको सेवा उत्तम भएको खाद्य निरिक्षक दिपक कुमार यादवले बताए ।
ए, बि, सि र डि गरि चार ग्रेडहरु दिदै आएको उनले बताए । ९० भन्दा माथि अंक पाउने होटललाई ए ग्रेड दिईने उनले बताए । यसैगरि ८०–८९ सम्म बि, ६५–७९ सम्म सि तथा ५०–६५ सम्म डि ग्रेड दिईने उनले बताए । ‘यो एक वर्षको लागि मान्य हुन्छ ।’— उनले भने ।
नेपाल सरकारको ५० वटा विभिन्न बुँदाहरुमा आधार बनाएर मापदण्ड बनाएर गरिएको अनुगमनमा दिव्यम स्विटस् एण्ड स्न्याक्सको सेवा उत्तम बन्न सफल भएको संचालक ऋषि पन्सरीले बताए । ग्राहकको सन्तुष्टिसंगै स्वस्थ्यमा समेत ध्यान दिनमा राखि आफुहरुले काम गर्ने गरेको उनले बताए ।
प्रतिक्रिया