ताजा अपडेट »

चट्याङ लागेर एक महिलाको मृत्यु

विहीबार, ०८ जेठ २०८२, २० : ३६
42 Shares
विहीबार, ०८ जेठ २०८२
42 Shares

जुम्ला ।  चट्याङ लागेर यहाँ एक महिलाको मृत्यु भएको छ । आज दिउँसो ४ बजेतिर चट्याङ लागेर यहाँको तातोपानी गाउँपालिका–८ स्थित टोप्ला गाउँकी २७ वर्षीया कल्पना शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीनबाबु रेग्मीले जानकारी दिए ।  

मृतक शाही सुब्बाकुना पाटनमा यार्सागुम्बा खोज्न गएका थिए । पाटनमा यार्सागुम्बा खोज्ने क्रममा चट्याङ परी मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयबाट घटनास्थलतर्फ प्रहरी पठाइएको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।