काठमाडौँ । विश्व प्रसिद्ध फिल्म फेस्टिभल कान्सको ७८ औँ संस्करण फ्रान्समा जारी छ । फेस्टिभलमा नेपालका चर्चित अभिनेता प्रदीप खड्का पनि सहभागी भएका छन् । सामाजिक संजालमा केही तस्बिर सार्वजनिक गर्दै उनले आफू कान्समा सहभागी भएको जानकारी गराएका हुन् ।
कान्स मार्केट र एक फ्रान्सेली चलचित्रको रेडकार्पेट प्रिमियरमा सहभागी हुन उनी त्यहाँ पुगेका थिए । जसअनुसार सोमबार बिहान आयोजित थिएरी क्लिफा निर्देशित फ्रान्सेली भाषाको चलचित्र ‘ला फेम्मे ला प्लस रिच डु मोन्ड’ को रेडकार्पेट र स्क्रिनिङमा उनी सहभागी भएका छन् ।
कान्समा उनले अभिनय गरेकाे चलचित्र ‘एक्लो’ समेत मार्केट (मार्चे दु चलचित्र) मा सहभागी छ । स्टल खडा गरेर यो चलचित्रका निर्देशक प्रदीप शाही र निर्माताहरू कान्स मार्केटमा छन् । त्यहाँ प्रदीपले चलचित्रको प्रवर्धन समेत गर्नेछन् ।
प्रदीपले केही दिन पहिलेबाट चलचित्र ‘ऐरी’ को छायाङ्कन थालेका थिए । यसलाई थाती राखेर उनी फेस्टिभलमा सहभागीहुन फ्रान्स पुगेका हुन् ।
प्रतिक्रिया