काठमाडौं । महिला टी-२० विश्वकपको एसिया छनोटको सुपर-३ अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले जितका लागि ११५ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११४ रन मात्रै बनाउन सक्यो ।
नेपालका लागि मनिषा कुमारी उपाध्यायले ४ विकेट लिइन् । यस्तै कविता कुँवरले २ र राजमती ऐरीले १ विकेट लिइन् । यूएईका लागि कप्तान इशा ओजाले सर्वाधिक ३९ रन बनाइन् । तीर्था सतिशले २१ र हीना होचन्दानीले २० रन बनाए ।
प्रतिक्रिया