बुटवल । बुटवलबाट सुरूवात भएको भिजन लुम्बिनी नामक लगानी अभियानलाई देशव्यापी बनाइने भएको छ । भिजन लुम्बिनी लिमिटेडको १० औं वार्षिकोत्सवको अवसरमा आइतबार बुटवलमा आयोजना गरेको ‘सामूहिक लगानी र समृद्वि’ विषयक अन्तरक्रिया कार्यक्रममा अब भिजन नेपाल पनि सुरूवात गरिने भएको छ ।
कम्पनीका अध्यक्ष जगत बहादुर पोखरेलले बुटवलबाट सुरूवात भएको भिजन लुम्बिनीलाई राष्ट्रियस्तरमा भिजन नेपालका रूपमा अगाडि बढाउन लागिएको बताए । अब भिजन लुम्बिनीलाई थप विस्तार गरी भिजन नेपालको वृहत् अवधारणा बनाइएको उनले बताए । विं।सं।२०७२ सालबाट सुरु भएको भिजनमा कर्पोरेट कल्चर र विधिको शासन स्थापित गर्न खोजिएको अध्यक्ष पोखरेलले बताए ।
उनले १० वर्षअघि स्थापित संस्थाले अहिले करिब १० वटा फरक– फरक संस्थाको नेतृत्व गरेको र भर्खरै सेती नदीको २५ मेगाघाट जलविद्युत आयोजना निर्माण सम्पन्न भएर पोखरामा बिजुली उत्पादन समेत भएको बताए । पोखरेलले बुटवलबाट सुरु भएको भिजनले १ हजार ६ सय जना शेयर सदस्यहरु रहेको र अहिले उर्जा, पर्यटन, वित्त, शिक्षा, स्वास्थ्य, कृषि तथा सूचना प्रविधिका क्षेत्रमा लगानी गरेर अगाडी बढिरहेको बताए । कार्यक्रममा भिजन लुम्बिनीका सञ्चालक समिति सदस्य कुल बहादुर केसीले १० वर्षमा नौ वटा विभिन्न क्षेत्रमा कम्पनीहरू स्थापना गरी देशैभर लगानीकर्ताहरूलाई जोड्न सफल भएको बताए ।
अब भिजन नेपालमा कम्तिमा २ देखि ५ लाखसम्म लगानी गर्ने गरी सामुहिक भावनामा अगाडी बढ्ने उल्लेख गरे । भिजन लुम्बिनी उर्जा कम्पनीका अध्यक्ष सुदिप सिंह अधिकारीले अहिले पोखरा कास्कीमा सेती जलविद्युतमा बिजुली बालेर सफलतापूर्वक काम सकिएको बताए । लगानीका सम्भावनाहरू खोज्ने उद्धेश्यका साथ विभिन्न क्षेत्रमा व्यक्तिहरूको उपस्थितिमा अन्तरक्रिया गरिएको सञ्चालक राजिव गौतमले बताए ।
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा इन्चार्ज शरद वलीले सामुहिक लगानीले आधारभूत तहलाइ समेट्नु सकारात्मक रहेको बताए । कार्यक्रममा राष्ट्रिय समाचार समितिका पूर्व केन्द्रीय अध्यक्ष तथा वरिष्ठ पत्रकार डा। बालकृष्ण चापागाइले बुटवलबाट जन्मिएको भिजन लुम्बिनीको देशभर नै राम्रो प्रभाव रहेको बताए । राप्रपा प्रदेश अध्यक्ष प्रदीपकुमार उदयले बुटवलमा अथाह सम्भावना रहेको र संभावना चिनेको व्यक्ति पोखरेल भएको बताए ।
नेकपा एमाले रूपन्देहीका अध्यक्ष यज्ञ गैरेले सामुहिक लगानी सफल भएको उदाहरण भिजन लुम्बिनीले दिएको बताए । नेपाल मजदुर किसान पार्टीका जिल्ला अध्यक्ष हरिसुन्दर बासीले राष्ट्रिय पूँजीलाई महत्व दिन आग्रह गरे । नेपाली कांग्रेसका नगर उपसभापति ज्योति भण्डारीले बुटवललाई एक्स्ट्रा बजार बनाउन नयाँ संभावनाहरुको खोजी गरिरहनुपर्ने बताए ।
कार्यक्रममा प्राध्यापक डा। आरसी आचार्य, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे, भिजनका सन्तोष पोखरेल, रास्वपाका बुटवल नगर सभापति राजन पाण्डेलगायतले बोल्दै भिजनमा भएको सामुहिक लगानीले सबैलाई प्रतिफल दिएको बताए ।
प्रतिक्रिया