झापा । झापाबाट प्रहरीले भन्सार छली नेपाल भित्र्याइएको सामान सहित तीन वटा कन्टेनर नियन्त्रणमा लिएको छ। बिर्तामोड नगरपालिका(५ बाट नेपाल प्रहरीले आतबार राति कन्टेनर नियन्त्रणमा लिएको हो।
भारतबाट काँकडभिट्टा हुँदै नेपाल भित्रिएको एनएल ०१ एएच ५६७९, एनएल ०१ एन ९२२३ र एनएल ०२ एन ७४८६ नम्बरको तीन वटा भारतीय नम्बर प्लेटका कन्टेनरलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
ती कन्टेनरबाट तीन करोड ६१ लाख रुपैयाँ बराबरको भन्सार छलीका सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी निरीक्षक प्रविण श्रेष्ठले जानकारी दिए।
भन्सार छली नेपाल ल्याइएका ट्याक कम्बाईन हार्भेस्टर लगायतका सामानहरू बोकेर आएको कन्टेनरलाई राजश्व अनुसन्धान कार्यालय इटहरी पठाइएको श्रेष्ठले जानकारी दिए।
प्रतिक्रिया