ताजा अपडेट »

महिला टी-२० विश्वकप एसिया छनोट : युएई विरुद्ध नेपालले बलिङ गर्दै

सोमबार, ०५ जेठ २०८२, ०८ : १९
40 Shares
सोमबार, ०५ जेठ २०८२
40 Shares

बुटवल। थाइल्यान्डमा जारी महिला टी-२० विश्वकपको एसिया छनोटको सुपर-३ अन्तर्गत युएईसँगको खेलमा नेपालले टस जितेर पहिलो बलिङ गर्दै छ । बैंककको टेर्डथाई क्रिकेट मैदानमा जारी प्रतियोगितामा टस जितेर नेपालले पहिलो बलिङ गर्ने निर्णय लिएको हो ।

सुपर-३ को पहिलो खेलमा युएई थाइल्यान्डसँग ५४ रनले पराजित हुँदा नेपालले पहिलो खेल खेल्न लागेको हो । उक्त खेलमा जित निकालेमा नेपाल एक खेल अगावै ग्लोबल छनोटमा स्थान पक्का गर्नेछ । नेपाल पराजित भएमा भने थाइल्यान्ड र युएई ग्लोबल छनोटमा पुग्नेछन् ।

वर्षाका कारण खेल प्रभावित भएमा मङ्गलवार हुने नेपाल र थाइल्याण्डबिचको खेलले ग्लोबल छनोट खेल्ने टोलीको टुङ्गो लाग्नेछ । पहिलो खेलमा जित निकालेको थाइल्याण्डले ८ अङ्कसहित ग्लोबल छनोटमा स्थान पक्का गरिसकेको छ । पहिलो खेलमा हार बेहोरेको युएईको ६ अङ्क छ । भने दुई खेल खेल्न बाँकी नेपालको ५ अङ्क छ । युएई र नेपालमध्ये एक टोलीले मात्रै ग्लोबल छनोटमा स्थान पक्का गर्नेछन् ।

युएईसँग पराजित भएमा नेपाल ग्लोबल छनोटमा पुग्ने सम्भावना सकिनेछ । अङ्क बाँडेमा अथवा जित निकालेमा मात्रै नेपालको ग्लोबल छनोट स्थान बनाउने सम्भावना रहनेछ । विश्वकप एसिया छनोटअन्तर्गत समूह चरणमा दुई खेलमा जित निकाल्दा एक खेलमा हार र एक खेल वर्षाका कारण प्रभावित भएको थियो । दुई पटक बहराइनलाई हराउँदा हङकङसँग एकपटक अङ्क बढ्यो भने एकपटक हार बेहोर्नुपर्यो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।