ताजा अपडेट »

कालीगण्डकी कोरिडोरः ९ किलोमिटर कालोपत्र

शुक्रबार, ०८ चैत्र २०८१, ११ : ४२
18 Shares
शुक्रबार, ०८ चैत्र २०८१
18 Shares

म्याग्दी । बेनी–जोमसोम–कोरला सडकअन्तर्गत नौ किलोमिटर भुरुङ–तातोपानी– घाँसा खण्ड कालोपत्र भएको छ । आर्थिक वर्ष २०७३÷७४ मा सुरु भएको सडक स्तरोन्नति सम्पन्न हुने चरणमा पुगेको छ । 

अन्नपूर्ण गाउँपालिका–३ का वडाध्यक्ष रमेश पुर्जाले अन्नपूर्ण गाउँपालिका–२ तातोपानीस्थित नागढुङ्गादेखि मुस्ताङको थासाङ गाउँपालिका–४ घाँसाको कैह्कुखोलासम्म पहिरो र कटानको जोखिम भएको बाहेकका ठाउँमा ढलानसँगै कालोपत्र भएको बताए ।
विसं २०६४ मा खुलेको यो सडकलाई ११ मिटर फराकिलो बनाएर कुना र डिलतर्फ टेवा पर्खाल, पानीको निकासका निम्ति नाली निर्माण, ग्रेड तथा मोड सुधार गरिएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।