ताजा अपडेट »

टेलिभिजन संरक्षणको लागि सबैको एकता जरुरी

सोमबार, १० असार २०८१, १३ : १९
78 Shares
सोमबार, १० असार २०८१
78 Shares

भालुवाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशको दोस्रो भेला दाङको भालुवाङमा सम्पन्न भएको छ । भेलाले लुम्बिनी प्रदेशमा प्रसारण कार्यलय रहेका टेलिभिजनहरुको हकहित र संरक्षणकोलागि एकअर्कामा सहकार्य गर्ने र एकताबद्ध भई काम गर्ने निर्णय गरेको छ ।

उक्त भेलाले नेपाल विज्ञापन बोर्ड र प्रदेश सरकारले दिदै आएको लोककल्याणकारी विज्ञापन अत्यन्तै न्यून भएकोले आगामी आर्थिक बर्षदेखि शतप्रतिशत बृद्धि गर्न माग गरेको छ । यसैगरी स्थानिय सरकारहरुले दर्ताबिहीन सामाजिक सन्जाल र दर्ता नगरिएका कतिपय अनलाईन टिभिमा विज्ञापन दिने, डकुमेन्ट्री बनाउन दिने तथा प्रसारण गर्ने र सार्वजनिक महत्वका सूचना प्रसारण गराई भुक्तानी गरेको भेटिएकोले त्यस्ता कार्य तत्काल रोक्न माग समेत गरेको राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशका सचिव नवराज भुसालले बताए ।

टेलिभिजनहरुको दाङ भेलाले संगीत समाज नेपालले रोयल्टीको नाममा निकालेको सूचनाप्रति गम्भिर ध्यानकर्षण भएको जनाउदै तत्काल सच्चाई हाल लिदै आएको कुल बिक्रीको १ प्रतिशत रोयल्टीलाई नै निरन्तरता दिन माग गरेको छ । संग रोयल्टी समाजले प्रति टेलिभिजन ५ लाख रोयल्टी लिने गरी सूचना निकालेको थिया । संगीत रोयल्टी समाज र संघीय सरकारसँग उच्च स्तरीय बार्ता गर्न र राष्ट्रिय टेलिभिजन प्रसारक संघ केन्द्रिय समितीसँग बसेर थप योजना बनाउनको लागि राज्य टेलिभिजन सन्चालक समितीका अध्यक्ष गोबिन्द खनालको अध्यक्षतामा एक समिती समेत गठन गरेको छ । जसको सदस्यमा समता टेलिभिजन रुपन्देहीका सन्चालक नरेश के.सी र बी टेलिभिजन गुल्मीका सन्चालक नवराज भुसाल सदस्य रहेका छन् ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।