ताजा अपडेट »

नेपाल नगरपालिका कर्मचारी नेपालगन्जको अध्यक्षमा पवन कुमार

आइतबार, ०२ असार २०८१, १२ : २४
64 Shares
आइतबार, ०२ असार २०८१
64 Shares

बुटवल । स्थानीय तहमा कार्यरत कर्मचारीहरुको जेठो तथा साझा पेशागत संगठन नेपाल नगरपालिका कर्मचारी एशोसिएशन इकाई समिति, नेपालगन्ज उपमहानगरपालिकाको अधिवेशन सम्पन्न भएको छ । 

संगठनका लुम्बिनी प्रदेश अध्यक्ष राजन कुमार केसीको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त अधिवेशनले  सर्वसम्मत रुपमा   नवनिर्वाचित समिति गठन भएको छ। समितिको अध्यक्षमा पवन कुमार कनोजिया चयन भएका छन् । यस्तै उपाध्यक्षमा उपाध्याक्ष मालती भेगी, सचिवमा शुभाष थापा,कोषाध्यक्षमा सन्तोषी विष्ट शाही, सहसचिवमा मनोज कुमार रिजाल चयन भएका छन् । 

साथै समितिको सदस्यमा इन्द्र बहादुर केसी,  पवन बुढा, डम्मर साउद, कृष्ण कुमार वाल्मिकी, राज कुमार वर्मा, अमृता दर्लामी, चन्द्र बहादुर राना, सलाउदिन अंसारी विमला वराल चयन भएका छन् । निर्वाचित समितिलाई केन्द्रीय महासचिव सितुप्रसाद श्रेष्ठले कर्मचारीको हक हितमा जिम्मेवार रुपमा लाग्न आग्रह गर्दै शुभकामना दिएका थिए।  

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।