ताजा अपडेट »

नागरिकता किर्ते आरोपमा पक्राउ परेका सिरोहिया भए रिहा

बुधबार, १६ जेठ २०८१, २१ : २३
114 Shares
बुधबार, १६ जेठ २०८१
114 Shares

काठमाडौं । नागरिकता कीर्ते प्रकरणमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया स्वास्थ्य अवस्थाका कारण परिवारको हाजिरी जमानीमा रिहा भएका छन् ।

जिल्ला सरकारी वकिलको कार्यालय, धनुषाको स्वीकृति र जिल्ला प्रहरी कार्यालय धनुषाले पठाएको पत्रका आधारमा ललितपुर प्रहरीले सिरोहियालाई छोरा सम्भव सिरोहियाको जिम्मा लगाएर छाडेको हो ।

तेस्रो पटक म्याद थपपछि सिरोहियालाई उपचारका लागि भन्दै मंगलबार हेलिकोप्टरबाट ललितपुरस्थित मेडिसिटी अस्पतालमा ल्याइएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।