ताजा अपडेट »

इलाममा सुहाङलाई फराकिलो अग्रता

सोमबार, १७ बैशाख २०८१, १३ : १९
28 Shares

इलाम । इलाम-२ मा नेकपा एमालेका उम्मेदवारले अग्रता फराकिलो बनाउँदै लगेका छन्। एमालेका उम्मेदवार सुहाङ नेम्वाङले साढे ११ हजार मत कटाउँदा मतान्तर ४ हजारले फराकिलो बनाएका छन्।

पछिल्लो मतपरिणाम अनुसार नेम्वाङले ११ हजार ६ सय १९ मत प्राप्त गर्दा प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले ७ हजार ६ सय ५९ मत पाएका छन्।

त्यसैगरी स्वतन्त्र उमेदवार डकेन्द्रसिंह थेगिमले ७ हजार ४ सय ५२ मत प्राप्त गरेका छन्। रास्वपाका उम्मेदवार मिलन लिम्बूले अहिलेसम्म १ हजार ५ सय ९६ मत प्राप्त गरेका छन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।