ताजा अपडेट »

हङकङविरुद्ध नेपालले टस जितेर पहिला ब्याटिंग गर्दै

शनिबार, ०८ बैशाख २०८१, १६ : १७
34 Shares

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानको खेलमा आज नेपाल र हङकङ खेल्दै छन् ।

यस खेलमा नेपालले टस जितेको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ रोजेका छन् । योसँगै हङकङले पहिला बलिङ गर्ने भएको छ ।   
आजको खेलमा नेपालले टिममा कुनै परिवर्तन गरेको छैन ।

नेपालको प्लेइङ ११-  रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, गुलशन झा, सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, करण केसी, अभिनाश बोहोरा र ललित राजवंशी ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।