ताजा अपडेट »

अचेत अवस्थामा भेटिएका बुटवलका एक पुरुषको मृत्यु

सोमबार, २६ चैत्र २०८०, १६ : १५
1.67K Shares
सोमबार, २६ चैत्र २०८०
1.67K Shares

बुटवल । पाल्पाको तिनाउ-३ मा सोमबार विहान अचेत अवस्थामा भेटिएका एक पुरुषको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाले दिएको जानकारी अनुसार सिद्धार्थ राजमार्ग सडक छेउँमा अचेत भेटिएका बुटवल–१३ बेलबासका ७० वर्षीय किसान विश्वकर्माको मृत्यु भएको हो ।

सडक छेउमा घोप्टो अवस्थामा अचेत भेटिएका उनलाई उद्धार गरी उपचारका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याएपनि चिकित्सकले मृत घोषणा गरेका थिए । स्याङ्जाको भिरकोट नगरपालिका घर भई हाल बुटवल बस्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । घटना बारे थप अनुसन्धान जारी रहेको बताइएको छ ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।