ताजा अपडेट »

म्युजिकल फिल्म ‘छुट्ने बेला’ सार्वजनिक

सोमबार, १२ चैत्र २०८०, ०८ : ००
54 Shares

गितकार लीलाराज काम्बाङको म्युजिकल फिल्म ‘छुट्ने बेला’ सार्वजनिक भएको छ । २८ मिनेटको म्युजिकल फिल्म वरिष्ठ गायक तथा संगीतकार दीप श्रेष्ठ, अञ्जु पन्त, शिव परियार लगायतको उपस्थितिमा सार्वजनिक  गरिएको हो ।  सार्वजनिक गीतमा साइराज खाती र मुना ठटालको स्वर रहेको छ । खाती र ठटाल गायन रियालिटी शो मेरो भ्वाइस युनिभर्सका फाइनलिस्ट हुन । यूकेका बासिन्दा गीतकार काम्बाङको शब्द रहेको गीतमा शंकर थापा स्माइले संगीत भरेका छन भने कुशल सिंहले एरेन्ज गरेका छन ।

बिमेचन कार्यक्रमा बोल्दै गीतकार प्रमुख अतिथि दिप श्रेष्ठले मेरो भ्वाइस युनिभर्समा पहिलेनै सबैको मन जितिसकेका खाती र ठटालको स्वरबद्ध गीतलाई म्युजिकल फिल्मका रूपमा हेर्न पाउँदा खुसी लागेको र गीतलाई सबैले मन पराउने भन्दै शुभकामना दिए । नेपालकै सबैभन्दा धेरै पुरस्कार राशी भएको गाएन रियालीटी शो भनिएको मेरो भ्वाइस युनिभर्समा दीप, अञ्जु र शिव जजसमेत रहेका थिए । कार्यक्रममा उक्त शोका निर्देशक एलेन श्रेष्ठको पनि उपस्थिती थियो ।

गीतकार शंकर अधिकारी स्माईलले गीतको अडिओ र भिडिओमा आफूहरूले निकैनै मेहनत गरेको बताउदै सबैलाई एक पटक हेरिदिन र सुनिदिन आग्रह गरे । सार्वजनिक गीतको भिडिओमा सम्राट अधिकारी, प्रतिक्षा लिम्बु, मिन बहादुर गुरुङ, कृष्ण बोहरा, शंकर थापा ईमाइल लगायतको अभिनय छ । विशाल थापाको छायांकन रहेको भिडिओ दिन्शन शाहले सम्पादन गरेका हुन्। भिडिओमा गणेश शाहीको कथा,कन्सेप्ट र निर्देशन छ ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।