ताजा अपडेट »

दाङमा करेन्ट लागेर एकै घरका ३ जनाको मृत्यु

शनिबार, १० चैत्र २०८०, २१ : ५६
62 Shares
शनिबार, १० चैत्र २०८०
62 Shares

दाङ ।  दाङमा करेन्ट लागेर एकै घरका ३  जनाको मृत्यु भएको छ । राप्ती गाउँपालिका ३ मसुरियास्थित विद्युतको तार चुँडिएर करेन्ट लाग्दा एकै घरका ३ जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ । 

२  जनाको घटनास्थलमा र एक जनाको उपचारको क्रममा मृत्यु भएको हो । स्थानीय ५५ वर्षीय दिलसरा केसी र उनका ४ वर्षीय नाति ईश्वर केसीको घटनास्थलमा मृत्यु भएको र ६० वर्षीय हजुरबुवा गोरखबहादुर केसीको बुटवलमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङका प्रमुख उज्जल बहादुर सिंहले जानकारी दिए । 

हजुरआमा र नाति घरको आँगनमा उभिएको अवस्थामा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । नातिलाई करेन्टबाट छुटाउने क्रममा हजुर आमालाई करेन्ट लागेको, नाति र श्रीमतीलाई करेन्टबाट छुटाउने क्रममा ६० वर्षीय गोरखबहादुर केसीलाई पनि करेन्ट लागेको स्थानीयले बताएका छन् ।

एक्कासि बिजुलीको तार चुँडिएर घरको आँगनमा पुग्दा करेन्ट लागेको थियो । मृतक २  जनाको शव पोस्टमार्टमको लागी लमही अस्पतालमा राखिएको छ । नेपाल विद्युत प्राधिकरणको ११ केभिको हाइटेन्सन लाइनको तार चुँडिएर करेन्ट लागेको बताइएको छ । विद्युतको तार अव्यवस्थित र पुरानो हुँदा दुर्घटना भएको भन्दै तार व्यवस्थित गर्न स्थानीयले माग राखेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।