ताजा अपडेट »

गणपती मिष्ठान्नको सातौं शाखा योगीकुटीमा उद्घाटन

विहीबार, १७ फागुन २०८०, १९ : ५१
152 Shares

बुटवल । रुपन्देहीमा छाटो समयमा धेरै शाखा विस्तार गरेको बुटवल ट्राफिक चौकको गणपती मिष्ठान्न भण्डारले सातौ शाखा बुटवल योगीकुटीमा शुभारम्भ गरेको छ ।

सातौ शाखाको रुपमा  योगीकुटी शाखाको बुटवल उपमहानपालिका प्रमुख खेलराज पाण्डेले उद्घाटन गरे । उनले व्यवसायीक सफलताको शुभकामना दिदै पछिल्लो सयमा  नेपालमा केही छैनन, व्यवसाय भन्नेहरुको लागि गणपतिले उदहारण पेश गरेको बताएका थिए ।

कार्यक्रममा बुटवल उपमहानरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष तथा बुटवल उद्योग बाणिज्य संघका मनोनित सदस्य नरिश्वर शर्मा पौडेल, बुटवल उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष टंक प्रसाद गैरे, मिष्ठान्न तथा क्याट्रिङ्ग व्यवसायी संघका कमल पोखरेल लगायतयको सहभागीता रहेको थियो ।


१ करोड ५० लाख रुपैयाँ लगानीमा ६ जना व्यवसायीहरु नारायण केसी, मेघराज पन्थ, किरण थापा, डम्बर कुँवर, चुम बहादुर खत्री, माया ज्ञवालीको लगानीमा यो शाखा शुभारम्भ भएको हो । अहिले बुटवल लगायत मुर्गीया, मणिग्राम, ट्राफिक चौक, मिलनचौक, देवीनगर लगायतका स्थानमा शाखा स्थापना भएका छन् ।

बुटवलमा आज भन्दा २१ बर्ष पहिला स्थापना भएको गणपती मिष्ठान्न भण्डारको मिठाईमा ब्रान्डको रुपमा स्थापना भएको छ । यी शाखाबाट दैनिक १ सय ५० किलो ६० प्रकारका मिठाई विक्रि हुदै आएका छन् । जसको मुख्य फैक्ट्री ड्राईभर टोलमा स्थापना गरिएको अध्यक्ष नारायण केसीले जानकारी दिए।

योगीकुटी शाखामा गणपतीको मिष्ठान्न सहित चिया घर समेत शुभारम्भ हुने छ । योगीकुटीमा किचनमा ७ जना, बाहिर १० जना गरी कुल १७ जना र सबै शाखामा रहेर कुल १ सय २० जना कर्मचारीले रोजगारी पाएका छन् ।
योगीकुटी शाखाको शुभारम्भको अवसरमा ३ दिन १७, १८, १९ गते विशेष छुटको समेत व्यवस्था गरिएको सञ्चालकले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।