ताजा अपडेट »

१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ६० वर्षीय चौधरीलाई पक्राउ

विहीबार, १७ फागुन २०८०, १७ : ०१
84 Shares

कैलाली । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा टीकापुर नगरपालिका-१ शक्तिनगर शिबिर बस्ने ६० वर्षीय आशाराम चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । 

चौधरीले ती बालिकालाई ललाई फकाई सोही ठाउँस्थित कैलाशेश्वर सामुदायिक वनभित्र लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।