ताजा अपडेट »

सुनकाे भाउ स्थिर

शुक्रबार, ११ फागुन २०८०, ११ : ४७
102 Shares

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको भाउ स्थिर रहेको छ भने चाँदीको भाउ घटेको छ । 

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ प्रतितोला १ लाख १८ हजार रुपैयाँ कायम रहेको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १७ हजार ४५० रुपैयाँ कायम छ । 

यसअघि बिहीबार पनि सुन सोही मूल्यमा किनबेच भएको थियो । 

यता, आज चाँदीको भाउ भने प्रतितोला ५ रुपैयाँले घटेर १३ सय ९५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । बिहीबार चाँदीको भाउ तोलाकोे १४ सय रुपैयाँ रहेको थियो । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।