ताजा अपडेट »

बम्पर उपाहार बिजेतालाई स्कुटी प्रदान

विहीबार, १० फागुन २०८०, ०७ : १३
256 Shares

बुटवल । नेपालकै अग्रणी पेन्ट उत्पादक कम्पनी जस्मिन पेन्ट प्रा.लि.ले चाड पर्व योजना अन्तर्गत दशै तिहारको अवसरमा गत भाद्र १ देखि मंसिर १५ गते सम्म संचालन गरेको “रंगिन पल खुशि डबल” उपहार योजनामा सहभागी भई बम्पर उपहार जित्न सफल नवलपरासी बर्दघाटकी बिष्णु पुरीलाई बुधबार एक कार्यक्रमका बिच बम्पर उपहार “यामाहा रे जेड” स्कुटर प्रदान गरेको छ । 

नेपालीहरुको महान चाड बडा दशै तथा दोश्रो ठुलो चाड तिहारलाई बिशेष बनाउने उदेश्यका साथ आफ्ना ग्रहकहरुको खुशी डबल बनाउन ल्याईएको यस उपहार योजनामा ४०० बढिले बिभिन्न खालका उपहारहरु जितेको कम्पनीकोे भनाई छ । कम्पनीका निर्देशक मधुसुदन अर्यालको विशेष उपस्थितिमा सम्पन्न कार्यक्रममा कन्ट्री म्यानेजर डिल्लीराम पौडेल, एरिया म्यानेजर सन्तोष सापकोटा लगायतको उपस्थिती थियो । 
उपहार योजनामा उत्साहजनक रुपमा सहभागिता जनाएर कार्यक्रमलाई  सफल बनाईदिने सम्पूर्ण ग्राहक बर्गहरु प्रति हार्दिक आभार ब्यक्त गर्दे कम्पनीले आगामी दिनहरुमा पनि ग्राहकहरुको माग र चाहनालाई मध्यनजर गरी थप आकर्षक ग्राहक लक्षित योजनाहरु समेत संचालन गरिने जनाएको छ । 

बिगत ३० बर्ष देखि निरन्तर नेपाली ग्राहक हरुको सेवामा समर्पित जस्मिन पेन्ट्सले आफ्नो सफलताको सम्पूर्ण श्रेय आफ्ना डिलर, आम उपभोक्ता तथा शुभचिन्तकहरु प्रति समर्पित गरेको बताएको छ ।“नेपाली मनको नेपाली रङ” भन्ने नाराका साथ नेपाल रंंग्याउने अभियानमा अगाडी बढिरहेको जस्मिन पेन्ट्स नेपाली पेन्ट कम्पनिहरु मध्येकै नम्बर १ स्थानमा रहन सफल भएको कम्पनीको दाबी छ । 

बिभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय अवार्डहरु बाट समेत पुरस्कृत यस कम्पनिले २१औं शताब्दीको चुनौती लाई सामना गर्न सक्ने नवीनतम सोच र प्रविधिका साथ उत्कृष्ट र गुणस्तरीय उत्पादनहरु नेपाली बजारमा पुर्याईरहेको बताएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।