ताजा अपडेट »

‘सफलताका लागि व्यक्तित्व विकास जरुरी’

मंगलबार, ०८ फागुन २०८०, ११ : २६
52 Shares

बुटवल । सफलताका लागि व्यक्तित्व विकास जरुरी रहेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । त्यसका लागि स्वस्थ, स्वच्छ  र आकर्षक जीवन जीउने कला आवश्यक रहने उनीहरुले बताए  । संमृद्धी  हेयर ड्रेसिङ सेलुन एण्ड एकाडेमी र संचारिका समूह लुम्बिनीले बुटवलमा आयोजना गरेको सफलताका लागि व्यक्तित्व विकास अभिमुखीकरण कार्यक्रममा स्वहेरचाहदेखि  व्यक्तित्व विकासबारे चर्चा गरिएको थियो । 

कार्यक्रममा समृद्धि  हेयर ड्रेसिङ सेलुन एण्ड एकाडेमीका संचालक मोहन ठाकुरले कपाल र अनुहारको हेरचाह गर्ने र स्वस्थ राख्नेबारे सिकाए । उनले स्वस्थ कपालका लागि खस्रो भयो भनेर तेल लगाउने, चिसो कपाल गुजुल्टयाउने, दिनदिनै कपाल धुने वा हप्तादिनभर नधुने बानी हटाउन आग्रह गरे । स्वस्थ कपालका लागि स्वस्थ्थ र पौष्टिक खाना, अनुहार र उमेर अनुसार कपाल काट्ने वा मिलाउने गर्न र बेलाबेलामा ट्रिटमेन्ट गर्न सुझाब दिए । यस्तै  अनुहारको रेखदेख, घाम र चिसोबाट बचाउने तरिका पेशा अनुसारको मेकअप र पर्सनालिटी विकासबारे पनि उनले सिकाए । 

कार्यक्रममा संचारिका समूह लुम्बिनीका अध्यक्ष अमृता अनमोलले सफलताका लागि आफूलाई माया गर्ने र विश्वाश गर्ने बानी बसाल्न आग्रह गरिन् । सफलताका लागि  स्वअध्यन, नियमित व्याइम, ध्यान, समय तालिका बनाएर काम गर्ने बानी र मिल्ने साथीसित मनका कुरा खुलेर गर्न आग्रह गरिन् ।  कार्यक्रममा निर्माण व्यवसायी संघ रुपन्देहीका अध्यक्ष मन्जु भुसाल, उद्योग संघका सचिव मन्जु भुसाल, बुटवल उद्योग वाणिज्य संघका सहकोषाध्यक्ष धनकुमारी खनाल लगायतले महिलाका लागि सफलता र व्यत्तित्व विकासबारे चर्चा गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।