ताजा अपडेट »

सुनको भाउ स्थिर, चाँदीको भाउ बढ्याे

विहीबार, ०३ फागुन २०८०, १२ : ११
74 Shares

काठमाडौं ।  नेपाली बजारमा बिहिबार सुनको भाउ स्थिर रहेको छ भने चाँदीको भाउ भने बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको १ लाख १६ हजार ५०० रुपैयाँ कायम छ ।

यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १५ हजार ९५० रुपैयाँ रहेको छ । यसअघि बुधबार पनि सुन सोही मूल्मा किनबेच भएको थियो । बुधबार सुनको भाउ प्रतितोला १२ सय रुपैयाँले बढेको थियो । यता, बिहिबार चाँदीको भाउ भने प्रतितोला १० रुपैयाँले बढेर १३ सय ७५ रुपैयाँ कायम भएको छ ।

बुधबार चाँदीको भाउ प्रतितोला १३ सय ६५ रुपैयाँ कायम रहेको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १ हजार ९९१.५६ डलरमा र चाँदी प्रतिऔंस २२.३९ डलरमा कारोबार भइरहेको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।