ताजा अपडेट »

रुपन्देही प्रहरी : लाखौंको अवैध सामान भन्सार कार्यालयमा पठायो

आइतबार, २६ माघ २०७६, १९ : ४८
10 Shares

माघ २६,

ग्लोबल आवाज

बुटवल । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भन्सार छली गरेको करिब १ लाख ३ हजार ४ सय ७५ रुपियाँको अवैध सामान भन्सार कार्यालयमा पठाएको छ ।

शनिबार राति जिल्ला प्रहरी कार्यालय तथा मातहत समेतबाट खटिएको प्रहरी टोलीले रुपन्देही जिल्लाको बिभिन्न स्थानमा भारतबाट भन्सार छली अबैध रुपमा नेपाल तर्फ ल्याउदै गरेको खाद्यान्न सामग्री, लत्ता कपडा तथा साउण्ड बक्स लगायतका सामानहरु फेला पारी बरामद गरी आवश्यक कारबाहीको लागि आज भैरहवा भन्सार कार्यालयमा पठाएको रुपन्देही प्रहरी प्रवक्ता खड्क बहादुर खत्रीले बताए ।

यस्तै प्रहरीले रोहिणी गाउँपालिका–३ बाट क्वारेन्टाईन जाँच नगराई ल्याएको बोईलर कुखुरा ५६ थान फेला पारी आवश्यक कारवाहीको लागि पशु क्वारेन्टाईन कार्यालय बेलहिया पठाईएको प्रहरी प्रवक्ता खत्रीले बताए । बोईलरको मूल्य करिब ४२ हजार रहेको समेत उनले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।