ताजा अपडेट »

बुटवल उपमहानगरमा स्वास्थ्य कार्ड अनिवार्य गर्छौं : प्रमुख पाण्डेय

शनिबार, २० माघ २०८०, १७ : ४०
212 Shares

बुटवल । बुटवल उपमहानगरपालिका स्वास्थ्य कार्ड अनिवार्य गर्ने तयारीमा रहेको मेयर खेलराज पाण्डेयले बताएका छन् ।स्वास्थ्य मानिसको सबै भन्दा ठूलो सम्पत्ति भएकाले बुटवलवासीको स्वास्थ्यलाई स्वस्थ राख्नलागि स्वास्थ्य कार्ड अनिवार्य गर्ने पक्षमा उपमहानगर रहेको बताएका हुन् । 

शनिवार बुटवल १२ को भैरव साझा टोल विकास संस्थाले आयोजना गरेको वृहत स्वास्थ्य सचेत्तना कार्यक्रम  बोल्दै प्रमुख पाण्डेलेले स्वास्थ्य कार्ड अनिवार्य गर्नेको लागि छलफल चलाएको र विज्ञहरुसंग सल्लाह लिएपछी आवश्यक निर्णय लिने बताए ।

 'बुटवल नागरिकको स्वास्थप्रती सचेत छ । यसकारण जग्गा नामसारी गराउन, जेष्ठ नागरिक भत्ता लिन, कुनै काम सिफारिस गर्दा स्वास्थ्य कार्ड अनिवार्य गर्ने तयारीमा छौँ ।' उनले भने 'जसको लागि छलफल चलाएका छौ । यसको विज्ञहरुसग सल्लाह लिएपछी स्वास्थ्य काड अनिवार्य  गराउने पक्षमा हामी छौँ ।' साथै मानिसको जिवनमा सबै भन्दा ठूलो सम्पत्ति स्वास्थ भएकाले  आफ्नो स्वास्थको विशेष ख्याल गर्न आग्रह गरे । 

यस्तै भैरव साझ टोल विकास संस्थाका अध्यक्ष कृष्णप्रसाद घिमिरेले पछिल्लो समय   पछिल्लो समय मानिसको विलासी जीवनशैलीको कारण धेरै प्रकारका स्वास्थ समस्या देखिन लागेको बताए । यस प्रकारका स्वास्थ्य समस्या आउन नदिनको लागि सचेत गराउन कार्यक्रमको आयोजना गरिएको अध्यक्ष घिमिरेले बताए  ।

1706965580045

कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा अध्यक्ष डिल्लीप्रसाद शर्मा, नयाँ गाउँ खानेपानी संस्थाका सचीव ओमप्रसाद भट्टराई, एक्स आर्मी स्कुलका प्राचार्य शकर भट्टराईले लगाएतले आफ्नो स्वास्थ्यमा आफै ध्यान दिन आग्रह गरे ।स्वास्थ्य सचेतना कार्यक्रममा क्यान्सर रोग, नसर्ने रोग सम्बन्धमा, स्वास्थ्य जीवन शैली, साध स्वच्छता, मानसिक स्वास्थ्य र बालबालिकामा लाग्ने विभिन्न बालरोगका कारण र त्यसबाट जोगिने उपायको बारेमा विशेषज्ञहरुले  जानकारी गराएका थिए ।

सो कार्यक्रम कर्मचार्य ब्याक्स एण्ड फुड्स, नेपाल क्यान्सर रोग समुह संस्था, पञ्चकन्या ग्रुप, मेटल कास्ट प्रा. लि., बुटवल एक्स आर्मी स्कुल र न्यु स्टान्डर स्कुलको सहयोगमा सम्पन्न भएको हो । कार्यक्रममाको सन्चान टोल विकास संस्थाका सचिव मिलन थापाको सन्चालन र उपाध्यक्ष सुन्दर पन्थीको  स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।

  IMG_20240203_174336

 

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।