ताजा अपडेट »

बुटवल मिलनचोकमा बसको ठक्करबाट मृत्यु भएका पुरुषको सनाखत

बुधबार, १८ पुस २०८०, १५ : २८
1.74K Shares
बुधबार, १८ पुस २०८०
1.74K Shares

बुटवल । बुटवलमा बसको ठक्करबाट मृत्यु भएका पुरुषको पहिचान खुलेको छ । बुटवलको मिलनचोकमा मँगलबार दिउँसो बसको ठक्करबाट मृत्यु हुनेमा भारत उत्तरप्रदेश महाराजगँजका ४७ वर्षीय दिनेश सिंह रहेको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु १ ख ३३७४ नम्बर को बसले साईकलयात्रीलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ । मृतकका परिवार सम्पर्कमा आएपछि पहिचान खुलेको प्रहरीले जनाएको छ । शवलाई लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको थियो भने ठक्कर दिने बस र चालकलाई ईलाका प्रहरी कार्यालय बुटवलले नियन्त्रमा लिएको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।