ताजा अपडेट »

बुटवलमा हुने लुम्बिनी एक्स्पोको तयारी तीब्र, प्रचार-प्रसारलाई व्यापक बनाउन सुझाव

मंगलबार, १९ मंसिर २०८०, १३ : २१
81 Shares

बुटवल । रुपन्देही व्यापार संघको आयोजनामा यहि पुष ५ गतेदेखि १८ गतेसम्म बुटवलमा हुने लुम्बिनी एक्स्पो–२०८० को तयारीका लागि मँगलबार प्रचारप्रसार समितिले छलफल गरेको छ । मुल आयोजक समितिका सहसंयोजक तथा संघका वरिष्ठ उपाध्यक्ष डिल्लीराज भण्डारीका अनुसार प्रचारप्रसारलाई व्यवस्थित बनाउने बारे छलफल भएको छ ।

एक्स्पो आयोजना स्थल बुटवल मण्डपमा बसेको बैठकले सामाजिक सञ्जालहरुको प्रयोग तथा सञ्चारमाध्यमहरुमा गतिविधिलाई व्यापक बनाउन सुझाब आएको प्रचार प्रसार उपसमितिका संयोजक फर्सुराम पन्थले बताए । ‘पछिल्लो समयमा विकास भएको डिजिटल प्रविधि र सामाजिक सञ्जाललाई प्रयोग गरि त्यसमा एक्स्पोको प्रचार सामग्रीहरु व्यापक रुपमा पुर्याउन पहल गर्ने, पत्रिका, रेडियो, टिभी, अनलाईन लगायतका सञ्चार माध्यमहरुमा सामाचार, लेख रचना, फिचर, अन्तरवार्ता, विज्ञापनहरु धेरैभन्दा प्रकाशित एवं प्रसारित गर्ने वातावरण सिर्जना गर्ने निर्णय भएको छ ।’–पन्थीले भने । सञ्चारकर्मीहरुलाई पुरस्कृत गर्ने व्यवस्था मिलाउन सुझाव आएको संयोजक पन्थले बताए ।

बैठकमा मुल अयोजक समितिका संयोजक तथा संघका अध्यक्ष कृष्ण प्रसाद घिमिरेले एक्स्पो भव्य रुपमा सम्पन्न गर्न मिडियाको महत्वपूर्ण भूमिका रहने हुँदा सहयोग गर्न आग्रह गर्दै सबैले आयोजनालाई आफ्नो सम्झेर गर्नु पर्ने काम तथा जिम्मेवारी वाडफाड अनुसार भूमिका निर्वाह गर्न अनुरोध गरे । अध्यक्ष घिमिरेले सञ्चार माध्यमहरुको सहयोग विना एक्स्पो सफल हुन सक्दैन भन्ने कुरामा आफूहरु जानकार रहेको बताउँदै प्रचारप्रसारका सबै क्षेत्रहरुको प्रयोग गर्दै कमीकमजोरीमा सुझाव दिँदै सहाकार्य र सहयोगी बनिदिन आग्रह गरे ।

बैठकमा एक्स्पोका सदस्य सचिव तथा संघका महासचिव दयानिधि भण्डारीले एक्स्पोको तयारी र हालसम्म भएगरिएका कामका बारेमा जानकारी गराए । उनले प्रचारप्रसार उपसमितिले एक्स्पोमा निर्वाहा गर्नु पर्ने भूमिका र जिम्मेवारीलाई उत्कृष्ट बनाउन सुझाव दिए । प्रदर्शनी स्थलमा एक्स्पोको आवश्यक तयारीका काम अन्तरगत स्टल दर्ता तथा स्टल निमार्णको काम भैरहेको छ । एक्स्पोमा दैनिक उपभोग्य वस्तु तथा सेवा, साना तथा घरेलु उत्पादनको प्रर्दशन, हस्तकला, कृषि उत्पादन, अटोमोबाइल्स, इलेक्ट्रोनिक्स तथा इलेक्ट्रिकल्स, होटल, सूचना प्रविधि लगायतका ५ सय भन्दा बढी स्टलहरु समावेश गरिने छ ।

एक्स्पो सम्पन्न गर्नका लागि संघका अध्यक्ष कृष्णप्रसाद घिमिरेको संयोजकत्वमा मुल आयोजक समिति तथा विभिन्न ४५ वटा उपसमितिहरु गठन गरिएको छ । स्वदेशी तथा विदेशी उत्पादनसँग आम उपभोक्ताको प्रत्यक्ष सम्वाद र उपभोक्ताका लागि प्रेरित गर्ने उद्देश्यले संघले काठमाडौं बाहिर २०६६ मा व्यापार मेला अटो प्रदर्शनी, २०६९, २०७२ र २०७५ मा लुम्बिनी एक्स्पो, अन्तर्राष्ट्रिय व्यापार मेला सफलताका साथ सम्पन्न गरि सकेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।