ताजा अपडेट »

बुटवलतर्फ आउँदै गरेको बससहित ४ वटा सवारी एकै ठाउँमा ठोक्किँदा १ जनाको मृत्यु, २३ घाइते

सोमबार, १४ जेठ २०८१, ०६ : ३४
13.34K Shares
सोमबार, १४ जेठ २०८१
13.34K Shares

बुटवल । नारायणगढ–मुग्लिङ सडक खण्डमा पर्ने चितवनको भरतपुर महानगरपलिका–२९ सत्र किलोमा गएराति चारवटा सवारी साधन एकैठाउँमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ। दुर्घटनामा अन्य २३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले चितवनले जनाएको छ।

घाइतेमध्ये सात जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । काठमाडौंबाट बुटवलतर्फ आउँदै गरेको बा ४ ख ९०८६ नम्बरको बससहित अन्य तीन सवारी साधन एकै ठाउँमा ठोक्किएका थिए । उक्त बस प्यूठानका लागि छुटेको थियो ।

यसैगरी नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना ३ ख ७९१५ नम्बर को ट्रक, काठमाडौंबाट महोत्तरीको बर्दिवासतर्फ जाँदै गरेको ना ७ ख ३२४८ नम्बरको बस र वीरगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख ८९६८ नम्बरको बस एकै ठाउँमा ठोक्किएका हुन्।

दुर्घटनामा ज्यान गुमाउने युवकको परिचय खुलेको छैन। दुर्घटनामा गम्भीर घाइते युवकको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। चारवटै सवारी साधनका चालक पनि घाइते भएका छन्। घाइतेहरुको कुरिन्टार, भरतपुर लगायतका ठाउँमा रहेका अस्पतालमा उपचार भइरहेको छ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।