ताजा अपडेट »

रुपन्देहीको देवदहमा बस दुर्घटना : २० जना घाईते, २ को अवस्था गम्भीर

शुक्रबार, ०१ मंसिर २०८०, ०९ : २१
16 Shares
शुक्रबार, ०१ मंसिर २०८०
16 Shares

बुटवल । रुपन्देहीको देवदहमा बस दुर्घटना हुँदा २० जना घाइते भएका छन्। घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

काठमाडौंबाट दाङका लागि छुटेको बा.प्र.०३–००१ नम्बरको बस गएराति पौने १२ बजे देवदह नगरपालिका ८ भलुहीमा पल्टिँएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। बसमा सवार ३८ मध्ये बाँकी १८ जना भने सकुशल रहेका जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी मनोहर प्रसाद भट्टले जानकारी दिए।

घाइतेहरुको  देवदह मेडिकल कलेजमा उपचार भइरहेको छ। दुर्घटनापछि बसका चालक प्युठान झिमरुकका प्रदीप परियारलाई प्रहरीले पक्राउ गरेको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।