१२ मंसिर २०८०, मंगलवार

Nov 28, 2023

नयाँदिल्ली । चन्द्रयान- ३ को दोस्रो र अन्तिम डि बूस्टिङ अपरेसन सफलतापूर्वक सम्पन्न भएको छ। भारतीय अन्तरिक्ष अनुसन्धान संगठनका वैज्ञानिकहरूले बुधबार चन्द्रमाको सतहमा अन्तरिक्ष यान अवतरण गर्नुअघि महत्त्वपूर्ण चरणको नजिकबाट निरीक्षण गरेका थिए । 

Advertisement

ल्यान्डर विक्रमले आफूलाई एउटा कक्षामा स्थापित गरेको छ, जहाँबाट चन्द्रमाको सबैभन्दा नजिकको दूरी २५ किलोमिटर र सबैभन्दा टाढाको दूरी १३४ किलोमिटर छ। इसरोले यो कक्षाबाट बुधबार चन्द्रमाको दक्षिण ध्रुवीय क्षेत्रमा सफ्ट ल्यान्डिङको प्रयास गर्ने जनाएको छ ।

इशरोका अनुसार दोस्रो र अन्तिम डिबुस्टिङ अपरेसनले ल्यान्डर मोड्युलको कक्षालाई २५ किमी देखी १३४  किमीमा सफलतापूर्वक घटाएको छ। मोड्युलले आन्तरिक जाँचहरू पार गर्नेछ र सूर्योदयमा तोकिएको समयमा अब अवतरण गराईनेछ, त्यसका लागि सुर्योदय पर्खनु पर्ने हुन्छ। इशरोका अनुसार अब अगस्ट २३ मा ५:४५ बजे अवतरणको प्रयास गरिनेछ।

शुक्रबारको पहिलो डि बूस्टिङ अपरेसनको क्रममा इसरोका पूर्व प्रमुख के सिवनले भनेका थिए कि, चन्द्रयान ३ ल्यान्डरको डिजाइन अघिल्लो चन्द्रयान २ मिसनमा प्रयोग गरिएको जस्तै हो। उनले भने, ‘डिजाईनमा कुनै परिवर्तन भएको छैन। चन्द्रयान–२ को अवलोकनका आधारमा मिसनमा भएका सबै त्रुटि सच्याइएको छ।’ चन्द्रमामा सफल अवतरणपछि भारत यो उपलब्धि हासिल गर्ने विश्वको चौथो देश बन्नेछ ।

चन्द्रयान–३ जुलाई १४ मा प्रक्षेपण गरेपछि ५ अगस्टमा चन्द्रमाको कक्षमा प्रवेश गरेको थियो । प्रोपल्सन र ल्यान्डर मोड्युलहरू छुट्याउने अभ्यास अघि यसलाई चन्द्रमाको सतहको नजिक आउन अगस्ट ८, ९, १४ र १६ मा यसलाई चन्द्रमाको कक्षमा तल लैजाने प्रयास गरिएको थियो।

प्रतिकृया दिनुहोस्

Flash News

अस्टिनवासी समुदायसँग नेजाद्वारा अन्तरक्रिया प्रदीप खड्का ‘ऐरी’ बाट बलिउडमा प्रवेश गर्दै बिल नभएको सुन जस्तो देखिने धातुसहित एकजना पक्राउ प्रधानमन्त्री प्रचण्ड र केपी ओलीबीच भेटवार्ता गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सुचारु गर्न आवश्यक पहल गरी दिन उद्योगीको देउवासँग आग्रह बसाइँसराइको समस्या विकराल : मन्त्री बस्नेत भूकम्प प्रभावितलाई राहतका लागि टानले गर्‍यो ५० लाख बढी सहयोग शान्तिपुरमा मनिषा मृत्यु प्रकरण : घाँटी थिची अचेत बनाएर बलात्कारपछि हत्या विष्णुका बयान इन्धन अभावका कारण उत्तरी गाजा अस्पतालमा ’जोखिममा जीवन’ सुनको मूल्यको फेरि नयाँ रेकर्ड कतारको मध्यस्तमा गाजामा थप दुइ दिन युद्बबिराम, यस बिचमा यस्तो गरिदैँछ ११ किलोमिटर लामो नहर सफा गर्न खटिए एक हजार जना एमाले अध्यक्ष ओली आज धनगढी जाँदै पाकिस्तानी पुर्व प्रधानमन्त्री खानका सल्लाहकारमाथि बेलायतमा एसिड प्रहार एमाले निकट प्रेस चौतारीको सम्मेलन आजबाट सुरु हुँदै आज पनि बस्दै रास्वपाको केन्द्रिय समिति र दलको बैठक भूकम्पको असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी ! अरनिको बहुउद्देश्यीय सहकारीको २३ औं साधारण सभा सम्पन्न लुम्बिनीका अस्पताल बिकास समितिहरुमा नियुक्ती बदरको मागसहित सर्बोच्चमा रिट दायर