१४ मंसिर २०८०, बिहीबार

Nov 30, 2023

बुटवल । कपिलवस्तुको शिवराज नगरपालिकाकी एक महिला कर्मचारी माथि बलात्कारको प्रयास गरेको अरोपमा आधारभुत स्वास्थ्य केन्द्र चन्द्रौटाका प्रमुखसहित २ जना विरुद्ध उजुरी परेको छ । नगरपालिकाले सन्चालन गरेको आधारभुत स्वास्थ्य केन्द्र चन्द्रौटाका प्रमुख लेखनाथ पौडेल र शिवराज नगरपालिकाका भुवन पाण्डेले राति डिउटीमा खटिएका महिला कर्मचारी माथि मदिरा सेवन गरी बलात्कारको प्रयास गरेको भन्दै प्रहरीमा उजुरी परेको हो ।

यस विषयमा ग्लोबल आवाजले साउन १४ गते कपिलवस्तुमा स्वास्थ्य केन्द्रका प्रमुखद्वारा मदिरा सेवन गरी महिला कर्मचारीमाथि बलात्कार प्रयास शिर्षकमा समाचार प्रकाशित समेत गरेको थियो । वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक शेखर जङ्ग मल्लले पौडेल र उनका साथी नगरपालिका वडा नम्बर–३ का भुवन पाण्डेयमाथि जबरजस्ती करणी उद्योग अन्तर्गत मुद्धा दर्ता भएको बताए । आरोपित दुवै जना सम्पर्कविहीन रहेका र उनीहरु विरुद्ध पक्राउ पुर्जी पनि जारी भइसकेको उनले बताए । नगरपालिकाले स्वास्थ्य प्रमुख पौडेललाई जिम्मेवारीबाट हटाइसकेको छ । उनलाई नगरपालिकाले साउन २ गते मात्रै जिम्मेवारी दिएको थियो ।

साउन १२ गते शुक्रबार राति करिब १ बजे मदिरा सेवन गरी आधारभुत स्वास्थ्य केन्द्र चन्द्रौटाका प्रमुख पौडेल र भुवन पाण्डेले महिला कर्मचारीलाई बलात्कारको प्रयास गरेको गरेको थिए ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

लुम्बिनीमा छाडा चौपायाको व्यवस्थापन गर्न कोष र नगरपालिकाविच सहकार्य बौद्व शिक्षाबाट विश्वमा शान्ति फैलाउन सकिन्छ : प्रदेश प्रमुख शेरचन हरियाली प्रबर्द्धनमा नमस्ते एकेडेमी भूकम्प प्रभावितलाई दोस्रो किस्ताको रकम दिन ढिलाइ गरिँदैन : गृहमन्त्री आम्दा अस्पतालमा सुत्केरी मृत्यु प्रकरण : ३ दिनदेखि शव अस्पतालको गेटमा बाग्लुङका कांग्रेसका क्षेत्रीय सभापति पक्राउ, आरोप- मापसे गरी प्रहरीमाथी कुटपिट एमालेमा फर्किए नेकपा एसका बैतडी इन्चार्ज र अध्यक्ष, बैतडीमा एस रित्तिएको एमाले दावी नक्कली शरणार्थी प्रकरणमा जवाफी बहस जारी, खाँणलाइ थुनामुक्त गर्न माग रविको राजनीतिक प्रतिवेदन – प्रदेश भ्रष्टाचारको केन्द्र र कार्यकर्ता भर्तीकेन्द्र बन्याे, विकल्प सोच्नुपर्छ आगो ताप्ने क्रममा जलेर मृत्यु विपिनका बाआमा भन्छन्– समाचार हेर्दै रात बित्छ सुनको मूल्य स्थिर बढ्दै छ सामुदायिक विद्यालयप्रति आकर्षण इजरायल र हमासबीचको युद्धविराम थप १ दिन लम्ब्याइयो कोप–२८ मा भाग लिन प्रधानमन्त्री प्रचण्ड दुबईमा एमालेको मध्य पहाडी लोकमार्ग पद यात्रा सुरू (फाेटाेफिचर) चिनियाँ बालबालिकामा निमोनियाको प्रकोप ‘आउटब्रेक’, भारतमा महामारी रोक्न तयारी सुरू इजरायली जेलमा यौन दुर्व्यवहार हुने गरेको मुक्त कैदीहरुको दाबी प्रथम केपीओली कप टि २० : रोहित र सन्दीपको टिम भिड्दै दक्षिण एसियामै पहिलोपटक लमजुङमा समलिंगी विवाह दर्ता