ताजा अपडेट »

समष्टिगत सुरक्षा तालिम शुरु

शनिबार, १३ साउन २०८०, १८ : ४३
124 Shares
शनिबार, १३ साउन २०८०
124 Shares

बुटवल । लुम्विनी प्रदेशका युवा मानव अधिकार रक्षकका लागि समिष्टगत सुरक्षा तालिम शुक्रबार देखी रुपन्देहीको वुटवलमा शुरु भएको छ । महिला पुर्नस्थापना केन्द्र (ओरेक) तथा मानव अधिकार र विकासका लागि एसियाली मञ्च (फोरम–एसिया) ले संयुक्त रूपमा आयोजना गरेको तालिम पाँच दिनसम्म चल्नेछ ।

तालिममा लुम्विनी प्रदेशका १२ वटै जिल्लाका २८ जना युवा मानव अधिकार रक्षकहरुको सहभागीता रहेको छ । शुक्रबार पहिलो दिनको तालिमको प्रशिक्षण विगत ३२ बर्षदेखी मानव अधिकारका सवालमा क्रियाशिल संस्था ओरेकका कार्यकारी निर्देशक सुनिता मैनाली, एसिया फोरमका निरज लामा, ओरेकका विकास बन्जाराले प्रशिक्षण दिए।

यसैगरी शनिबार दोस्रो दिनमा ओरेका अध्यक्ष तथा फोरम एसियाका बोर्ड सदस्य डाक्टर रेणु अधिकारीले प्रशिक्षण दिएका छन् । लुम्विनी पछि मधेस प्रदेशमा पनि मधेस प्रदेशका युवा मानव अधिकार रक्षकका लागि समष्टिगत सुरक्षा तालिम सञ्चालन गरिनेछ । यसले युवा मानव अधिकार रक्षकहरुको क्षमता अभिवृद्धि र आपसी सम्बन्ध विस्तारका लागि सहयोग गर्ने अपेक्षा गरिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।