ताजा अपडेट »

पाल्पाको रैनादेवी छहरामा खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर एक कृषको मृत्यु

आइतबार, ०७ साउन २०८०, ११ : २७
100 Shares
आइतबार, ०७ साउन २०८०
100 Shares

बुटवल । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–३ झिरबासमा करेन्ट लागेर एक कृषकले ज्यान गुमाएका छन् । मोटरबाट खेतमा पानी लगाउने क्रममा शनिबार साँझ ४२ वर्षीय गोविन्द बरम्लेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ ।

आफ्नो घर नजिकैको खेलतमा मोटबारबाट पानी तान्नका लागि तार तान्ने क्रममा एक्कासी करेन्ट लागि घाइते भएका उनको घटना स्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकारी प्रहरी निरीक्षक भुपेन्द्र थापाले जानकारी दिए । घटना बारे थप अनुसन्धान जारी रहेको उनले बताएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।