ताजा अपडेट »

कांग्रेस रुपन्देहीले अनलाईन मार्फत क्रियाशिल सदस्य नविकरण गर्ने

शनिबार, २३ असार २०८०, १९ : ३६
6 Shares

भैरहवा । नेपाली कांग्रेस रुपन्देहीले अनलाईन मार्फत क्रियाशिल सदस्यता नवीकरण गर्ने भएको छ । कांग्रेस रुपन्देहीको शनिबार भैरहवामा बसेको कार्यसम्पादन समितिको बैठकले केन्द्रको नीति अनुरुप यही साउन ६ गतेदेखि अनलाईन मार्फत क्रियाशिल सदस्यता नविकरण गर्ने निर्णय गरीएको सभापति रामकृष्ण खाणले जानकारी दिए ।

अनलाईन सदस्यता नविकरणको सुविधाका लागि पार्टी कार्यालयमा प्राविधिक टिमको समेत व्यवस्था मिलाईएको उनले जानकारी दिए । त्यस्तै साधारण सदस्य लिन ईच्छुकले पनि अनलाईन मार्फतनै कांग्रेसको साधारण सदस्य लिन पाउने भएका छन् । अनलाईन मार्फत साधारण सदस्यता विश्वका जुनसुकै स्थानबाट पनि लिन सक्ने ब्यबस्था मिलाईएको छ । अनलाईन मार्फत साधारण सदस्यता लिएको एक वर्षपछि क्रियाशिल सदस्य बन्न पाउने ब्यवस्था गरीएको छ ।

यही साउन ६ गते नै ४२ औं वीपी स्मृती दिवसको अवसर पारेर बृक्षरोपण पनि गरीने भएको छ । वीपीको स्मृतीमा रुपन्देहीको तित्तोतामा वडा नम्बर ११ स्थित भुपू शैनिक सखौरा हरियाली वन क्षेत्रमा बिहान ८ बजेदेखि बृक्ष रोपण गरीने भएको हो । वीपीको स्मृतीमा कांग्रेस रुपन्देहीले प्रत्येक वर्ष बृक्षरोपण गर्दै आएको छ ।

त्यस्तै जारी वडा, नगर, पालिका तथा क्षेत्रीय सम्मेलन पनि यथाशक्य छिटो गर्ने निर्णय गरीएको सचिव हरि काफ्लेले जानकारी दिए । बैठकमा राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त भएकी कांग्रेस रुपन्देहीकी उपसभापति असनिता शाह ढुंगानालाई सम्मान एवं बधाई ज्ञापन गरिएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।