३ जेष्ठ २०७९, मंगलवार

May 17, 2022

माघ ६,

Advertisement

ग्लोबल आवाज

दाङ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का पाँचजना नेतालाई प्रहरीले सोमबार जिल्ला अदालतबाट रिहा भए लगत्तै पुनः पक्राउ गरेको छ । देउखुरीस्थित दाङ जिल्ला अदालतबाट धरौटीमा छुटेका उनीहरू गेटबाटै पक्राउ परेका हुन्।

गत असोज ३० गते राजपुर गाउँपालिका ४ मुङ्‌ग्रेठाबाट पक्राउ परेका उनीहरूलाई पुसको ७ गते जिल्ला अदालतले १५/१५ हजार रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो । सोही अनुसार धरौटी बुझाएर छुटेका उनीहरूलाई प्रहरीले पुनः पक्राउ गरेको हो । पुनः पक्राउ पर्नेमा विप्लव नेतृत्वको नेकपाका राप्ती ब्युरो सदस्य एवं न्याय विभाग समिति दाङका संयोजक रामबहादुर थापा ‘सुन्दर’, दाङ जिल्ला इन्चार्ज यामलाल कटुवाल ‘विक्रम’, थवाङ स्वायत्त क्षेत्र इन्चार्ज हितप्रसाद रोका, थवाङ स्वायत्त क्षेत्र सेक्रेटरी अमृत घर्ती मगर र पाटी सदस्य इन्द्रबहादुर वली रहेका छन् । असोज ३० गते पक्राउ परेका २१ नेता तथा कार्यकर्तामध्ये धरौटी बुझाएर छुट्न खोज्दा हालसम्म ११ जना नेता तथा कार्यकर्ता पक्राउ परेका छन्। पक्राउ पर्नेमा विप्लव समूहको नेकपाका भ्रातृ सङ्‌गठन दलित राष्ट्रिय मुक्ति मोर्चाका जिल्ला अध्यक्ष सुरज परियार, पार्टी सदस्य विष्णुबहादुर रावत, विप्लवका राजपुर गाउँपालिका इन्चार्ज एवं एरिया नं. १ का इन्चार्ज धनबहादुर बोहरा ‘महान’, जिल्ला जनपरिषद् सदस्य एवं एरिया नं ४ का इन्चार्ज एकराज चौधरी, पूर्वजनमुक्ति सेना तिलक पुन र सदस्य कुलबहादुर वली रहेका छन्।

विप्लव नेकपाका मध्य कमान्ड इन्चार्ज चन्द्रबहादुर चन्द ‘वीरजङ्‌ग’लगायतका २१ जना नेता तथा कार्यकर्ता राप्ती ब्युरोको बैठकबाट पक्राउ परेका थिए।

प्रतिकृया दिनुहोस्

Flash News

भरतपुरमा रेनु विजय सुवेदी भन्दा ५९ मतले अघि गाउँपालिकाका निवर्तमान अध्यक्ष वडा सदस्यमै पराजित ललितपुर महानगरमा चिरिबाबुकाे फराकिलाे अग्रता श्रीलंकामा पेट्रोल हाहाकार, तत्काल ७५ मिलियन डलर आवश्यकः प्रधानमन्त्री बुटवलमा गठबन्धन दलबाट पाण्डेको अग्रता, मतान्तर बढ्दो सैनामैनाको प्रमुखमा गठबन्धन, उप-प्रमुखमा एमालेको अग्रता गुल्मीको रुरु गाउँपालिका अध्यक्षमा यदु ज्ञवाली निर्वाचित स्थानीय निर्वाचन : आज कहाँ-कहाँ हुँदैछ मतदान ? देवदहमा एमालेको अग्रता कायमै, काँग्रेस ४४४ मत पछाडी बालेनले बनाए साढे ४४ सयको मतान्तर भरतपुरमा ४ वटा वडाको मत गणना सकियो, रेणु दाहाल ३० मतले अघि बुटवलमा कांग्रेसका पाण्डे र एमालेका भट्टराईबीच करिब ३ हजार मतको फरक भरतपुरमा पुनः गठबन्धनकी रेनुको अग्रता धुर्कोट गाउँपालिकाको अध्यक्षमा माओवादीका पोखरेल विजयी पहिलो टी-२० मा युगान्डासँग नेपाल १२ रनले पराजित संसदको भोलिबाट ११औँ अधिवेशन सुरु हुने, यस्तो छ कार्यसूची ओलीले राम नेपालमा जन्मेको दाबी गरिरहँदा मोदीले भने– भारतमा भव्य राम मन्दिर बन्दा नेपाली पनि उत्तिकै खुसी छन् २२ वर्षीय राजाबाबुले गाउँपालिका अध्यक्ष जिते मोदीको भ्रमणले लुम्बिनीलाई विश्वभर थप परिचित तुल्याउँछ : प्रम देउवा बुटवलमा खेलराज पाण्डेय बाबुराम भट्टराई भन्दा २१६३ मतले अघि