६ आश्विन २०८०, शनिबार

Sep 23, 2023

बुटवल । लुम्बिनी प्रदेशमा यस वर्षको मनसुनबाट करिब ४६ हजार मानिस प्रभावित हुने विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्रक्षपण गरेको छ । बाढी तथा पहिरोका कारण १९ हजार ९८६ घर परिवारका ४५ हजार ७३५ जना मानिस जोखिममा रहेको प्राधिकरणले जनाएको छ ।

लुम्बिनी प्रदेशका पहाडी जल्लाहरु पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान, रुकुम पूर्व पहिरोको जोखिममा रहेका छन् भने रुपन्देही, नवलपरासी, कपिलवस्तु, दाङ, बाँके र बर्दिया बाढीको जोखिममा रहेका छन् । यसैगरी सरकारले मुलुकभर मनसुनबाट १२ लाख ५४ हजार भन्दा बढी नागरिक प्रभावित हुने अनुमान गरेको छ । प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले मनसुनजन्य विपद्बाट नागरिकलाई जोगाउन आवश्यक तयारी भइरहेको बताए । उनका अनुसार कोशी प्रदेशमा ३,०१,१४३ घरधुरीका ६८,९११ नागरिक प्रभावित हुने अनुमान छ । यस्तै मधेस प्रदेशमा४,०३,१८० घरधुरीका ९२,२६१, बागमती प्रदेशमा ९६,८५८ घरधुरीका २२,३९३ नागरिक प्रभावित हुने अनुमान छ । यस्तै गण्डकी प्रदेशमा ६९,७४४ घरधुरीका १५,९६०, कर्णाली प्रदेशमा ३५,३३३ घरधुरीका ८,०८५ र सुदूरपश्चिम प्रदेशमा १,४७,०६० नागरिक प्रभावित हुने प्राधिकरणको अनुमान रहेको उनले बताए ।

नेपालमा सामान्यतया जेठ अन्तिम साताबाट मनसुन प्रवेश गर्दछ । जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमल राम जोशीले यस वर्षको मनसुन जेठ ३१ वा ३२ गते पूर्वबाट प्रवेश गर्ने सम्भावना रहेको बताए । नेपालमा मनसुन सरदर एक सय दिन क्रियाशील हुने गरेको छ ।
नेपालमा बाढी, पहिरो र भारी वर्षा प्रमुख मनसुनजन्य विपद् हुन् । यसका साथै मनुसनको अवधिमा झाडापखाला, हैजा जस्ता पानीजन्य रोग, सर्पदंश, डेंगु, मलेरियाजस्ता किटजन्य प्रकोप बढ्ने गर्छन् । नेपालमा मनसुनजन्य विपद्ले नै धेरै नागरिकलाई प्रभावित गर्छ र सबैभन्दा धेरै आर्थिक क्षति पनि निम्त्याउँछ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सिबीच भेटवार्ता महिलाको छातीमा अटोग्राफ दिए पछि डोनाल्ड ट्रम्प बिबादमा लुम्बिनीमा ४८९ जनाले लगाए पाठेघरको मुखको क्यान्सर विरुद्ध खोप, असोज १० गतेसम्म अभियानको समय थप आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा प्रधानमन्त्री दाहाल चीनमा, यस्तो छ एक हप्ताको कार्यक्रम कांग्रेस निकट मुस्लिम संघको महाधिवेसनको तयारी पूरा नेपाल क्रिकेट संघको अध्यक्षमा पुनः चन्द निर्वाचित ‘स्वास्थ्य सामग्रीमा वितरणमुखी बनेर राज्यलाई कंङ्गाल नबनाऔं’ एनआरएनए अध्यक्षका प्रत्याशी शर्माकाे विश्व दौडाहा जारी देश बिरुद्ध लेखेको आरोपमा पाकिस्तानमा एक पत्रकार हिरासतमा छन्द लहरीमा लहरिँदा नेपालमा लगानी गर्न आयरल्याण्डका राष्ट्रपतिसँग सभामुखकाे अनुराेध ओलीले सम्झिए भारतीय नाकाबन्दीका कष्टकर दिन आज क्यानको नेतृत्व चयन हुँदै, चतुरबहादुर र बिनयराज बीच प्रतिस्पर्धा मुगु सदरमुकाम गमगढी बजारमा आगलागी, ५ घर पूर्ण रुपमा क्षति  बोलेरो जीपबाट खसेर बालकको मृत्यु आजदेखि प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा राहत शिक्षकहरुले पुनः आन्दोलनको घोषणा लुम्बिनी प्रदेश याेजना आयाेगमा थपिए दुई सदस्य पल्लीकोट स्वास्थ्य चौकीमा गुल्मी जिल्लाका स्वास्थ्यकर्मीहरुको जमघट