ताजा अपडेट »

गौर नरसंहार : न्यायाधीश रेग्मीको इजलासमा सुनुवाई हुँदै

सोमबार, २२ जेठ २०८०, ११ : १४
26 Shares
सोमबार, २२ जेठ २०८०
26 Shares

काठमाडौं । रौतहट सदरमुकाम गौरमा नरसंहार भएको १६ वर्षपछि घटनाबारे आज सर्वोच्च अदालतमा सुनवाइ हुँदै छ ।नरसंहारको दोषीमाथि छानबिन गरी कानुनी कारबाही गर्न माग गर्दै त्रिभुवन साहले सर्वोच्चमा रिट दर्ता गराएका थिए । साे रिट न्यायाधीश कुमार रेग्मीको इजलासमा परेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालयलगायतलाई बिपक्षी बनाएर दायर रिटमा आज देखी सुनवाई हुन लागेको हो । रिटमा तत्काल अन्तरिम आदेश माग गरिएको छ । शान्ति प्रक्रियामाा आएको तत्काकालिन नेकपा माओवादी र तत्कालिन मधेसी जनअधिकार फोरमले गौरस्थित राइस मिल चौरमा एकैपटक कार्यक्रमको आयोजना गरे पछि भएको झडपमा २७ जनाको मृत्यु भएको थियो ।

सो घटनामा स‌‌ग्लन भएकाे भन्दै तत्कालिन फोरम अध्यक्ष उपेन्द्र यादवमाथी कारबाही हुनुपर्ने माग राख्दै दिएको निवेदन जिल्ला प्रहरी कार्यालय, रौतहटले सम्बोधन नगरे पछि सो घटनाका पीडित तथा आफान्तहरु सर्वोच्च अदालतत पुगेका हुन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।