ताजा अपडेट »

कार्यक्रमस्थलमा लडे अमेरिकी राष्ट्रपति बाइडेन

शुक्रबार, १९ जेठ २०८०, ११ : ००
4 Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति जो  बाइडेन सार्वजनिक कार्यक्रमस्थलमा लडेका छन् । बिहीबार कोलोराडोमा आयोजित एयर फोर्स एकेडेमीको दीक्षान्त समारोहलाई सम्बोधन गरेर आफ्नो सिटतर्फ जाँदा लडेको भिडियो सार्वजनिक भएको छ । 

यसबारे ट्वीटमार्फत जानकारी दिँदै ह्वाइट हाउसका सञ्चार निर्देशक बेन लाबोल्टले राष्ट्रपति बाइडेन बालुवा भरिएको कालो रंगको झोलामा खुट्टा अड्किएर लडेका थिए । उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ । राष्ट्रपति बाइडेनलाई कुनै चोट नलागेको उनले स्पष्ट पारेका छन् । 

यसअघि पनि ८० वर्षीय बाइडेन पटक पटक सार्वजनिक कार्यक्रममा लडेका छन् । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।