६ आश्विन २०८०, शनिबार

Sep 23, 2023

बुटवल । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं महानगरका मेयर बालेन्द्र शाहको ल्टिमेटमपछि स्वास्थ्य संस्थाहरुलाई पुनः ताकेता जारी गरेको छ । मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै स्वास्थ्य संस्था संचालन सम्बन्धी मापदण्ड, २०७७ दफा ७० ९घ० अनुसार अस्पतालमा उपचारको लागि आउने विपन्न, असहाय, बेवारिसे विरामीको लागि कुल शैयाको दश प्रतिशत शैया छुट्याई निःशुल्क उपचार अनिवार्य रुपमा गराउन निर्देशन गरिएको हो ।

Advertisement

सोही मापदण्डको दफा ७२ (ट) मा बिरामीले संस्थाबाट सेवा प्राप्त गर्न लाग्ने शुल्क, प्रक्रिया तथा अवधि समेत खुलाएको बिरामी बडापत्र अस्पतालको अग्रभागमा देखिने गरी राख्नु पर्ने उल्लेख गरिएको छ । उक्त कानुनी व्यवस्था बमोजिम मन्त्रालय र मातहतका निकायहरुबाट विभिन्न स्वास्थ्य संस्थाहरुमा नियमित तथा आकस्मिक अनुगमनको क्रममा मापदण्ड अनुसार भएको नदेखिएको मन्त्रालयले जनाएको छ । यसैगरी अस्पतालमा पार्किङको शुल्क उठाउने गरेको, कार्यरत जनशक्तिलाई न्यूनतम पारिश्रमिक समेत उपलब्ध नगराएको भन्ने गुनासोहरु समेत प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य संस्था संचालन सम्बन्धी मापदण्ड, २०७७ तथा अन्य प्रचलित कानूनमा भएका सम्पूर्ण व्यवस्थाहरु सम्बन्धित स्वास्थ्य संस्थाहरुले पूर्णरुपमा पालना गर्नु गराउन आग्रह गर्दै मन्त्रालयले यसअघि २०८० बैशाख १३ गतेका दिन चलानी नम्बर ६३६ को पत्रमा निर्देशन जारी गरेको थियो ।

बुधबार विहान सामाजिक सञ्जा फेसबुकमा स्टाटस लेख्दै मेयर बालेननले स्वास्थ्य संस्थाहरुलाई ७ दिनभित्र कानुनी दायरामा ल्याउन आग्रह गरेका थिए । यदी मन्त्रालयले पनि ७ दिन भित्र ती स्वास्थ्य संस्थाहरुलाई नियमन नगरे सबै अस्पतालका प्रशासन बन्द गरिने चतावनी दिएका थिए ।

प्रतिकृया दिनुहोस्

Flash News

नेपालमा लगानी गर्न आयरल्याण्डका राष्ट्रपतिसँग सभामुखकाे अनुराेध ओलीले सम्झिए भारतीय नाकाबन्दीका कष्टकर दिन आज क्यानको नेतृत्व चयन हुँदै, चतुरबहादुर र बिनयराज बीच प्रतिस्पर्धा मुगु सदरमुकाम गमगढी बजारमा आगलागी, ५ घर पूर्ण रुपमा क्षति  बोलेरो जीपबाट खसेर बालकको मृत्यु आजदेखि प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा राहत शिक्षकहरुले पुनः आन्दोलनको घोषणा लुम्बिनी प्रदेश याेजना आयाेगमा थपिए दुई सदस्य पल्लीकोट स्वास्थ्य चौकीमा गुल्मी जिल्लाका स्वास्थ्यकर्मीहरुको जमघट २१ औं लिस्नु कपको उपाधि फर्साटिकरलाई सरकार र शिक्षकबीच सहमति, आन्दाेलन फिर्ता बैतडीमा १९ वर्षीया एक किशोरी मृत फेला रासायिक मल विस्थापित गर्न अर्गानिक मल उत्पादनमा ध्यान बाँकेको जयेन्दु बाल सुधार गृहमा झडपपछि नौ थुनुवा फरार मलेसिया पठाइदिन्छु भन्दै तीन लाख ठगी गर्ने एक जना प्रकाउ नक्कली नोटसहित सुनसरीबाट दुई जना पक्राउ दिगो विकास लक्ष्यका बारेमा छलफल गर्न सरकारले सर्वपक्षीय बैठक बोलाउनुपर्छ : अध्यक्ष तिमिल्सिना अमेरिकी राष्ट्रपति बाइडेन र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता रुपन्देहीमा माछापुच्छ्रे बैंकको ठगी प्रकरण: बैकिङ्ग कसुरमा एजेण्ट निरन्जन पाठक पक्राउ सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता जारी