ताजा अपडेट »

तिनाउमा चिनीया नागरिकले विद्यालयलाई दिए स्टेशनरी तथा खेलकूद सामग्री

मंगलबार, १६ जेठ २०८०, २१ : ३९
20 Shares

तिनाउ । चिनियाँहरुले आफ्नो शिक्षा दिवसको अवसरमा मंगलवार पाल्पाको तिनाउमा कालिका आधारभूत विद्यालयका विपन्न विद्यार्थीलाई झोला, कापी र विद्यालयलाई भलिबल एवम् फूटबल उपहार दिएका छन् । सिद्धबाबा सुरुङ मार्ग निर्माण कम्पनीका जिम्मेवार चाइनीजहरुले उक्त अवसरमा सो उपहारहरु विद्यार्थी र विद्यालयलाई प्रदान गरेको हुन् ।

उपहारका लागि चाईनीज कम्पनीसँग संयोजन सिद्धबाबा मन्दिर विकास समितिका सदस्य तोया लम्सालले गराईदिएको विद्यालयका प्रअ पर्शुराम लम्सालले बताए । कार्यक्रममा तिनाउ गाउँपालिकाका उपाध्यक्ष लालबहादुर थापा, प्रवक्ता यादव अर्याल, शिक्षा समितिका सदस्यद्वय दलबहादुर गुरुङ र राजेश श्रेष्ठले सहयोगी सिद्धबाबा सुरुङमार्ग निर्माण कम्पनीका चाईनीजहरुप्रति कृतज्ञता प्रकट गर्दै आगामी दिनहरुमा थप सहयोगको समेत अपेक्षा गरेका थिए ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलबहादुर सारु,शिक्षक अभिभावक संघका अध्यक्ष टोपबहादुर बिक लगायतले आफ्ना विद्यार्थीले सामग्री पाउनुमा खुसी ब्यक्त गरे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।