ताजा अपडेट »

घट्यो सुनको मूल्य, चाँदीकाे बढयाे

आइतबार, १४ जेठ २०८०, १२ : २८
50 Shares
आइतबार, १४ जेठ २०८०
50 Shares

काठमाडौ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि सुनको मूल्य घटेको छ । 

नेपाली बजारमा लगातार तेस्रो दिन सुनको मूल्य घटेको हो । गतसाताको बिहीबारदेखि घट्न थालेको सुनको मूल्य आज आइतबारसम्म जारी रहेको छ । आज आइतबार तोलामा २०० रुपैयाँले सुनको मूल्य घटेर  छापावाल सुनको मूल्य तोलामा १ लाख ८ हजार १०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ७ हजार ६०० रुपैयाँ कायम छ ।

गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८ हजार ३०० र तेजाबी सुनको मूल्य १ लाख ७ हजार ८०० रुपैयाँ कायम थियो । यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । यससँगै, आज चाँदीको कारोबार १३ सय ६० रुपैयाँमा भइरहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।