८ आश्विन २०८०, सोमबार

Sep 25, 2023

“औतारी लामा रिन्पोछे श्री नावाङ्ग तेन्जिङ्ग जाङ्गबु वातावरण संरक्षण पुरस्कार” सार्वजनिक गर्दै राष्ट्रिय सभा सदस्य सोनाम ग्याल्जेङ्ग शेर्पा एवम हिमालय एक्सपिडिसन्सका संस्थापक अध्यक्ष बिक्रम पाँडे काजी । तस्वीर: राधेश्याम विश्वकर्मा

भैरहवा । खुम्बु क्षेत्रको वातावरण संरक्षणमा उत्कृष्ट काम गर्न सफल भएका व्यक्ति, समुह, संघ संस्था, गाउंपालिका लाई प्रदान गर्ने गरि औतारी लामा रिन्पोछे श्री नावाङ्ग तेन्जिङ्ग जाङ्गबु वातावरण संरक्षण पुरस्कार” घोषणा गरिएको छ ।

Advertisement

एक कार्यक्रमका बिच आइतबार राष्ट्रिय सभा सदस्य सोनाम ग्याल्जेङ्ग शेर्पा एवम हिमालय एक्सपिडिसन्सका संस्थापक अध्यक्ष बिक्रम पाँडे काजीले नाम्चेमा संयुक्त रुपमा उक्त पुरस्कारको घोषणा गरेका छन । प्रत्येक दुई वर्षमा एक पल्ट ३ लाख ७ हजार ७ सय ७७ रुपैयाको पुरस्कार प्रदान गरिनेछ । तेन्जिङ-हिलारी एभरेष्ट म्याराथनको अवसर पारेर उक्त पुरस्कार प्रदान गरिने हिमालय एक्सपिडिसन्सका संस्थापक अध्यक्ष बिक्रम पाँडे काजीले बताए ।

“करिव ४८-५० वर्ष अगाडि देखि म नाम्चे बजार र खुम्बु क्षेत्रमा विदेशी ग्रुपहरुसंगै ट्रेकिङ आउने गर्थे, सोही अवसरमा तेङ्गवोचे गुम्बाका औतारी लामा नावाङ्ग तेन्जिङ्ग सँग पटक पटक दशर्न भेट हुने गर्दथ्यो ।” पाँडेले भने “दर्शन भेटको समयमा औतारीले मलाइ र सँगै आएका पर्यटकलाई खुम्बु क्षेत्रको वातावरण बचाउँन, फोहोर नफाल्न, जथाभावी आगो नबाल्न, चराचुरुङ्गी, जनावर र वनस्पती फुल र वोट विरुवाहरुलाई कुनैक्षति नपुर्‍याउन आज्ञा गर्ने गर्नु हुन्थ्यो ।” यसबाट आफ्नो अल्लारे विद्यार्थी जीवनमा संरक्षण जस्तो नौलो विषयमा औतारीको आदेश र औतारीको आज्ञाले ठूलो प्रभाव पारेको उनको भनाइ छ ।

औतारी लामाको यही आशीर्वाद, आज्ञा र औतारी आदेशना को पालना गर्दै आएको ५०औं वर्ष को यो पवित्र अवसरमा पुरस्कारको स्थापना गरेको पाँडेले बताए । ” यसले वातावरण प्रेमी, संरक्षण प्रेमी र यस क्षेत्रमा काम गर्नेलाइ उत्साहित गर्नेछ भन्ने मेरो अपेक्षा हो ।” उनले भने पुरस्कार स्थापना गर्दै यस क्षेत्रबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्नुहुने राष्ट्रिय सभा सदस्य सोनाम ग्याल्जेङ्ग शेर्पाले नेपाललाइ लुम्बिनी र सगरमाथाले पहिचान दिलाएको बताए । अहिले नाम्चेमा भैरहेको तेन्जिङ-हिलारी एभरेस्ट म्याराथनले लुम्बिनी र सगरमाथालाई जोडेको उनको भनाइ थियो ।” यसले बौद्ध धर्मको प्रचार मात्र नभइ यस क्षेत्रमा पर्यटकिय सम्भावनाको पनि अवसर खोलेको छ ।” उनले भने

प्रतिकृया दिनुहोस्

Flash News

रोल्पामा बस दुर्घटना, तीन जना घाइते डेंगु संक्रमणबाट थप एकको निधन  चाँंगुको शिक्षाको विकासका लागि जेल जानुपरे सबैभन्दा पहिला म जान्छु : मेयर जीवन खत्री युवती बलात्कार आरोपमा बालक पक्राउ एसियाली खेलकुद : महिला क्रिकेटको उपाधि भारतलाई ड्रोनबाट ब्यानर उडाएर एमाले बागमती प्रदेश अधिवेशन सुरु सुशासन समृद्धि र भ्रष्टाचार कोरिया नेपाल बहुप्राविधिक शिक्षालय बुटवल-१२ तामनगरमा वेल्डिङ व्यवसाय तालीम सुरू विदेशमा नेपालीमा आत्महत्या र डिप्रेसनको डर लाग्दो समस्या बालुवा उत्खनन गर्ने १० ट्याक्टर प्रहरी नियन्त्रणमा पर्सामा ३२ किलो चरेससहित एक जना पक्राउ लागूऔषधसहित पाँचजना पक्राउ लम्पी स्किन भ्याक्सिनमा कालोबजारी, ८० रुपैयाँको खोप १७२ मा बेच्दै लोटस भेट अभियन्ताहरू बोलाउँदा आएनन्, उहाँहरूको नेतासँग वार्ता गर्नुपर्ने हो ?: बालेन नेपाल र चीनबीच १३ बुँदे समझदारीमा हस्ताक्षर प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो प्रधानमन्त्री प्रचण्डद्वारा चीनको राष्ट्रिय स्मारकमा पुष्पगुच्छा अर्पण अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओ सूचीकृत, कारोबार सुरु विदेशबाट आएको रकम शाइन बैकको मोबाइल बैंकिङ्ग एपबाटै बुझ्न सकिने सुनचाँदीको मूल्य स्थिर