७ आश्विन २०८०, आईतवार

Sep 24, 2023

कहिलेकाहीँ हामी बिर्सेकोमा गुनासो गर्छौं । कुनै सामान किन्न बजार जान्छौं तर गएपछि के किन्ने भनेर बिर्सन्छौं । मेहनेतका साथ पढेर जाँच दिन जान्छौं तर लेख्ने बेलामा आधा बिर्सन्छौं ।  कोही साथी धेरै दिनपछि भेट भयो भने उसको नाम नै बिर्सन्छौं । एउटा कोठाबाट उठेर अर्को कोठामा जान्छौंं तर के लिन गएको हो भन्ने बारेमा बिर्सन्छौं । बैज्ञानिकहरुले आफ्नो स्मरणशक्तिलाई राम्रो बनाउनका लागि वर्षौंदेखि अनुसन्धान गरिरहेका छन् । अनुसन्धानका केही कुराहरु सार्वजनिक गरिएका छन् । यी केही तरिकाले आफ्नो स्मरण शक्ति बढाउन सकिने उनीहरुले जनाएका छन् :

Advertisement

पछाडि फर्केर हेर्नुस्
पुराना कुरा बिर्सेर अघि बढ्नु राम्रो भन्ने गरिए पनि बैज्ञानिकहरुले  पुराना कुरा संझिएमा हाम्रो स्मरण शक्ति राम्रो हुने बताएका छन् । हालै भएको एक अनुसन्धानले देखाए अनुसार जब हामीले पुराना कुरा संझिन्छौं त्यसपछि नै हाम्रो स्मरण ताजा भएर जान्छ । त्यसैले पुराना कुरा संझने प्रयास गरौं ।

तस्बिर बनाउनुस्
सामान किन्न जाँदा हामी अक्सर सामानको सूची बनाउने गर्छौ । तर, आफ्नो यादलाई राम्रो गर्ने हो भने सामानको सूची होइन त्यसको तस्बिर बनाउनु राम्रो हो । 

जसले यस्तो गर्छन् उनीहरुको स्मरण शक्ति राम्रो हुने बताइएको छ । यसो गर्दा डिमेशिया जस्तो रोगका बिरामीलाई पनि फाइदा गर्छ । उनीहरुको स्मरण शक्ति निकै राम्रो हुन्छ । वैज्ञानिकहरुका अनुसार कुनै तस्बिर बनाएको बेलामा सो वस्तुको आकार प्रकारबारेमा गहिराइमा सोचिन्छ । 

उपयुक्त समयमा कसरत गर्नुस्
यो कुरा साबित भइसकेको छ कि नियमित रुपमा कसरत गरेमा स्मरण शक्ति बढ्छ । मसललाई नियमित रुपमा चलाएमा स्मरण शक्ति बढेको पाइएको छ । यद्यपि अनुसन्धानले यसका लागि समय भने सही हुनु जरुरी रहेको जनाएको छ । यसले आफ्नो स्मरणलाई राम्रो गर्न मद्यत गर्नेछ । यद्यपि त्यो समय कुन हुनु राम्रो हो भन्ने बारेमा वैज्ञानिकहरुले अझैपनि अनुसन्धान गरिरहेका छन् । 

ब्रेक लिनुस्
हेरियट वाट युनिभर्सिटीका माइकेला डेवरले यसबारेमा गरेको अनुसन्धानमा कुनै मानिसले स्मरण गर्नासाथै तुरुन्तै ब्रेक लिएमा उसलाई सबै कुरा याद हुन्छ । त्यसैले तपाई पनि कुनै लेखपढपछि केही बेर शान्त भएर बस्नुस् । केही पनि नगर्नुस् । बसिरहनुस् वा ढल्किनुस् । यसले तपाईंको स्मरण शक्ति बढाउने मद्यत गर्नेछ ।

एक निन्द्रा सुत्नुस्
यदि तपाईंलाई माथि उल्लेख गरिएका स्मरण बढाउने तरिका अप्ठेरा लाग्छन् भने केही बेर सुत्नुस् । थुप्रै अनुसन्धानहरुले सुत्दा हाम्रो स्मरण शक्ति बढ्ने देखाएका छन् । जो मानिस नियमित रुपले यसो गर्छन् उसले त्यसको फाइदा लिन सक्छन् । –(बीबीसी) 

प्रतिकृया दिनुहोस्

Flash News

‘सिद्धार्थ चेम्बर अफ कमर्श पत्रकारिता पुरस्कार’बाट गुप्ता सम्मानित विषादीयुक्त केमिकलबाट स्थानीय बासीको स्वास्थ्यमा समस्या भएको भन्दै उद्योग बन्द गर्न माग लुम्बिनी प्रादेशिक अस्पतालमा बाल तथा महिला प्रसुतीका लागि छुट्टै काउन्टरको सुरुवात बुटवल आएर एआईजी भण्डारीको निर्देशन : भ्रष्टाचार शुन्य सहनशिलतामा काम गर्नुस् बुटवल गाेलपार्कको दुर्गा मन्दिरमा सन्ध्याकालिन महाआरती हुने बुटवलको देवीनगरमा गणपति मिष्ठान्नको ‘फ्रेन्चाइज’ बुटवलमा ईस्लाम धर्मालम्विहरुको धर्मगुरु पैगम्बरको १४९८ औं जन्मोत्सव विविध कार्यक्रम गरि मनाइँदै लागुऔषधसहित एकजना पक्राउ ‘अपराधको शैली परिवर्तन हुँदै जाँदा अनुसन्धान तथा नियन्त्रण थप चुनौतिपूर्ण बन्दै’ बलात्कार आराेपमा एकजना पक्राउ खुकुरी प्रहार गरी हत्या गरेको आराेपमा एकजना पक्राउ जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ एयर गनसहित एकजना पक्राउ गाईको चित्रअंकित ‘मेडालियन सिक्का’ सार्वजनिक जसपाको कोशी प्रदेश समिति पुनर्गठन, पदाधिकारीमा को को परे ? चिलिमे-त्रिशुली २२० केभी प्रसारण लाइन पुषभित्र सक्ने समयसीमा नेपाल–चीन व्यवसाय परिषद् स्थापना गर्न नेपाल उद्योग परिसंघ र सीसीपीआईटीबीच समझदारी प्रधानसेनापति शर्मा भारत प्रस्थान टिकटक स्टार ‘मुन’को सम्झानामा युवा वर्गलाई सदेश मुलक गीत (भिडियोसहित) भष्ट्रचारको थप सुचना ओलीज्यूले नै दिनुहुन्छ: बराल