ताजा अपडेट »

दाङमा जीपले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु

विहीबार, ११ जेठ २०८०, १५ : ४०
2 Shares

दाङ । दाङको तुलसीपुरमा जीपले स्कुटरलाई ठक्कर दिदा एक महिलाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका ९ बेलुवाका ३७ बर्षिय सिता लम्सालको दुर्घटनामा परि मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिए ।

आज बिहान करिब ११ बजे पश्चिम हापुरेबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ ज ९२३ नम्बरको जीपले विपरित दिशातर्फ गइरहेको रा ७ प ४२३७ नम्बरको स्कुटरलाई दंगिशरण गाउँपालिका ५ कमलगढीमा ठक्कर दिएको हो ।

जीपको ठक्करपछि घाइते भएकी लम्सालको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।