१४ मंसिर २०८०, बिहीबार

Nov 30, 2023

बुटवल । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई प्रहरीले नियन्त्रणमा लिएको छ । खाँणलाई बुधवार बिहान अनामनगरस्थित उनकै निवासबाट नियन्त्रणमा लिइएको प्रहरी उच्च स्रोतले जनाएको छ । भूटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको हो ।

Advertisement

ठगी प्रकरणमा खाँण पत्नी मञ्जु र कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणाले पैसा बुझेको दाबी गरिएको अडियोसमेत सार्वजनिक भएको छ । मञ्जुले ६ करोड र आरजुले २ करोड लिएको दाबी अडियोमा गरिएको छ ।

प्रकरणलाई सहज बनाउन खाँणले टेकनारायण पाण्डेलाई गृह सचिवमा ल्याएका थिए । उपराष्ट्रपति कार्यालयको बहालवाला सचिव रहेकै बेला पाण्डेलाई प्रहरीले एक हप्ता नै अघि पक्राउ गरिसकेको छ । यसमा जोडिएका तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्र राई पनि पक्राउ परेका छन् ।

प्रकणमा मुछिएका एमाले सचिव तथा सांसद टोपबहादुर रायमाझी भने फरार छन् । गत बुधवार पक्राउ पुर्जी जारी भएपछि उनी फरार भएका हुन् ।

प्रतिकृया दिनुहोस्

Flash News

वडाध्याक्षकै अगुवाइमा बाटो अवरुद्ध रास्वपाका सबै सांसद केन्द्रीय सदस्य एनसेलबाट बाहिरिने आजियाटा ग्रुपको घोषणा नागरिक केन्द्रीत राज्य व्यवस्था स्थापनाको लागि भन्दै ‘नागरिक पहिलो’ अभियानको घोषणा पाल्पाका २२ वर्षीय सन्तोष सम्पर्कविहीन, खोजि गरिदिन परिवारको आग्रह आम्दा अस्पतालमा सुत्केरी मृत्यु : ‘अस्पतालले हतारमा शव जिम्मा लगाएर उम्किन खोज्नुको कारण के थियो ?’ प्रेमिकाको बिहेमा नाच्ने अवसर! टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन निर्देशन भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास बनाउन सुरक्षाकर्मी खटाइने राष्ट्रियसभा निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ? म्याद गुज्रेको खाद्य सामग्री बिक्री त्रिविको इञ्जिनियरिङमा आवेदन दिने बढे, प्रवेश परीक्षा दिने घटे बुटवलको आम्दा अस्पतालमा सुरक्षा व्यवस्था कडा, सर्वसाधारणलाई प्रवेश निषेध सुत्केरीको मृत्यु भएपछि आम्दा अस्पतालका मेसु बस्यालमाथि कुटपिट केपी ओली कप क्रिकेट : सेमिफाइनल समीकरण पूरा, विहिबार फाइनल प्रवेशका लागि प्रतिस्पर्धा प्रधानमन्त्री प्रचण्ड आज यूएई जाने अस्टिनवासी समुदायसँग नेजाद्वारा अन्तरक्रिया प्रदीप खड्का ‘ऐरी’ बाट बलिउडमा प्रवेश गर्दै बिल नभएको सुन जस्तो देखिने धातुसहित एकजना पक्राउ